काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी कोषबाट सहकारी पीडितहरुलाई रकम वितरण नगरिरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले समस्यामा रहेका सहकारीहरूको रकम सरकारले जम्मा गरेर कोष खडा गरेको र त्यही कोषबाट रकम अहिले पीडितहरूलाई वितरण गर्ने प्रक्रिया सुरु गरेको जानकारी गराउनुभयो । प्रधानमन्त्री शाले सहकारीहरूबाट ३ करोड पैसा सरकारले ल्याएर कोष बनाएको र अहिले ६० लाख बढी मात्रै पीडितलाई वितरण गरेको बताउनुभयो । यस बिषयमा सम्बन्धित मन्त्रालयले काम अघि बढाइरहेको प्रधानमन्त्रीले बताउनुभयो ।
यद्यपि, जीबी राई लगायत सहकारी रकम अपचलनमा परेर फरार रहेकाहरु कहिले पक्राउ पर्छन भन्ने श्रम संस्कृति पार्टीका सांसद राईको प्रश्नमा भने प्रधानमन्त्रीले उत्तर दिनुभएन् । प्रधानमन्त्रीले टिपोट नगरेका कारण सबै सांसदहरुले राखेको प्रश्नहरुको जवाफ दिनुभएन । कतिपय प्रश्नहरुका सम्बन्धमा प्रधानमन्त्रीको स्मरणमा नभएका कारण जवाफ छुटेका थिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com