Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

जापान सरकारले नागढुंगा सुरुङमार्ग परियोजनालाई थप साढे ५ अर्ब ऋण दिने

जापान सरकारले नागढुंगा सुरुङमार्ग परियोजनालाई थप साढे ५ अर्ब ऋण दिने

काठमाडौं ।  जापान सरकारले नागढुंगा सुरुङमार्ग परियोजनालाई थप ५।७ अर्ब येन अर्थात् ५ अर्ब ४३ करोड रुपैयाँ ऋण सहायता दिने भएको छ । सम्झौता भएको हो। 

नेपालका लागि जापानी राजदूत माएदा तोरु र अर्थसचिव घनश्याम उपाध्यायले यो सम्झौतामा हस्ताक्षर गरी आदानप्रदान गरेको जापानी दूतावासले जनाएको छ। नागढुंगा सुरुङमार्ग जापान सरकारकै ऋण सहायतामा सन् २०१९ मा निर्माण सुरु भएको थियो। 

यसअघि सन् २०१६ डिसेम्बरमा उक्त परियोजनाका लागि १५।६३ अर्ब येनसम्मको ऋण सहायता दिने पहिलो सम्झौता भएको थियो। थप ५.७ अर्ब येनसँगै यो परियोजनामा जापानबाट लिइएको कुल ऋण २२।३३ अर्ब येन पुगेको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार