काठमाडौं । राष्ट्रिय श्रमिक सहकारी महासंघ भारतका पूर्व अध्यक्ष जगजित सिंहको नेतृत्वमा आएको भारतीय सहकारीकर्मीहरुको एक टोलीले राष्ट्रिय सहकारी महासंघको अवलोकन भ्रमण गरेको छ । २०८३ असार १ देखि असार ६ गते सम्मको नेपालको भ्रमणका क्रममा रहेको टोलीले असार २ गते महासंघको अवलोकन भ्रमण गरेको हो ।
उक्त भ्रमण टोलीमा बीड डिष्ट्रीक श्रमिक सहकारी महासंघका अध्यक्ष बंशिधर सिरसत, भारतीय राष्ट्रिय श्रमिक सहकारी संघका प्रबन्ध निर्देशक डा।विनय कुमार चौहान, सिरसा श्रमिक सहकारी महासंघका अध्यक्ष जयसिंह कुसुम्भी, पम्पत डिष्ट्रीक श्रमिक सहकारी महासंघका उपाध्यक्ष सोम प्रकाश र जिन्द श्रमिक सहकारी महासंघका अध्यक्ष अशोक भारद्वाज लगायत ६४ जनाको सहभागिता रहेको थियो ।
सो अवसरमा भारतभर रहेका श्रमीकहरुको समग्र आर्थीक, सामाजिक विकासका लागि सन १९८१ मा स्थापित राष्ट्रिय श्रमिक सहकारी महासंघको केन्द्रिय कार्यालय नयाँ दिल्लीमा रहेको र भारतभरका ४७ हजार श्रमिक सहकारीहरु यसमा आवद्ध भएको समेत जानकारी गराईयो । भा.रु.१२३९ खर्ब शेयर पुँजी रहेको यस संस्थामा करोडौंको संख्यामा शेयर सदस्य रहेको समेत जानकारी गराईयो ।
कार्यक्रममा राष्ट्रिय श्रमिक सहकारी महासंघ इण्डियाका पूर्व अध्यक्ष जगजित सिंह तथा भारतीय राष्ट्रिय श्रमिक सहकारी संघका प्रबन्ध निर्देशक डा. विनय कुमार चौहानले नेपाली सहकारी अभियानले छोटो समयमा गरेको विकास र प्रवर्धनबाट आफूहरु प्रभावित भएको र नेपाली सहकारी अभियानको नीतिगत विकास विश्व सहकारी अभियानका लागि अनुकरणीय भएको बताउनुभयो । साथै उहाँ विगत केही वर्ष यतादेखि नेपाली सहकारी अभियानमा देखिएका चुनौतीहरुलाई सहकारीकर्मीहरुले आपसी सहकार्यबाट समाधान गरेर अझ सशक्त रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेपालमा श्रमिक सहकारीको स्थिती शैशवकालमा रहेको अवस्थामा भारतमा भईरहेको श्रमिक सहकारीको प्रगती र गरिरहेका कार्यक्रम अवलोकन गर्न महासंघलाई निम्ता समेत दिनु भयो ।
सो अवसरमा महासंघका महाप्रबन्धक डा. बाबुकाजी थापाले राष्ट्रिय सहकारी महासंघको समग्र अवस्थाका बारे प्रस्तुतीकरण गर्नुभएको थियो । डा.बाबुकाजी थापाले भारतीय सहकारी अभियानबाट नेपाली सहकारी अभियानले धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको बताउँदै शिक्षा, सीप लगायतका क्षेत्रमा नेपाली सहकारीकर्मीहरुको व्यक्तित्व विकासमा पुर्याउँदै आएको योगदानलाई समयानुकूल थप उचाईमा लान सकेमा सुनमा सुगन्ध थपिने बताउनुभयो ।
सो अवसरमा महासंघका उपाध्यक्ष खेम बहादुर पाठकले नेपाली सहकारी अभियानको विकास र सशक्तिकरणका लागि शुरुवाती चरणदेखिनै अन्तराष्टिय सहकारी महासंघ, नयां दिल्ली संग सहयोग र सहकार्य हुँदै आएको स्मरण गर्दै आगामी दिनहरुमा राष्ट्रिय श्रमिक सहकारी महासंघ संग पनि सहयोग र सहकार्य निरन्तर भइरहने विश्वास ब्यक्त गर्नुभयो । साथै उहाँले भारतमा भईरहेको श्रमिक सहकारीको प्रगती र गरिरहेका कार्यक्रम अवलोकन गरी नेपालमा पनि त्यस्तो सहकारी निर्माण गर्नका लागि सहभागीहरु बाट प्राप्त सुझावलार्ई मुक्तकण्ठले प्रशंसा गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com