Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

भरतपुर महानगरका २९ वटा सहकारी संस्था खारेज

भरतपुर महानगरका २९ वटा सहकारी संस्था खारेज

काठमाडौं । चितवनकाे भरतपुर महानगरपालिकाले निष्क्रिय अवस्थामा रहेका २९ वटा सहकारी संस्था खारेज गरेको छ ।  प्रायः सबै निष्किृय रहेका कृषि, दुग्ध र मौरी पालनसम्बन्धी २९ विषयगत सहकारी संस्था खारेज गरिएको हो ।

लामो समयदेखि निष्क्रिय रहेका र सहकारी ऐन तथा नियमावलीबमोजिम आवश्यक गतिविधि सञ्चालन नगरेका कारण ती संस्थाहरू खारेज गरिएको जनाइएको छ ।

भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख रोजी केसीले नियमित रूपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेस नगर्ने, लेखा परिक्षण नगर्ने र साधारणसभा नगर्ने सहकारीहरू खारेज गरिएको जानकारी दिए ।

महानगरभित्र कुल ३६३ सहकारी संस्था रहेकोमा उक्त सहकारी संस्थाको खारेज पछि अब ३३४ सहकारी संस्था रहेका छन् । 

2026-06-16-11-48-16-2083-03-03_page-0001.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार