काठमाडौं ।सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्ति नियुक्त गरेको छ।
शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले कैलाली निवासी डा. गोपालप्रसाद भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको हो। यसैगरी बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकका निर्णयः
१. नेपाल विशेष सेवा ऐन २०४२ को साविक व्यवस्था जगाउनेसम्बन्धी विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने।
२. नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट (कैलाली) लाई नियुक्त गर्ने।
३. सहकारीसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।
४. बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।
५. राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने।
६. संघीय संसद्समक्ष देहायका प्रतिस्थापन विधेयकहरु पेश गर्न स्वीकृति प्रदान गर्नेः
क) सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक
ख) सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक
ग) सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक
घ) स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com