काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सहकारी समस्या समाधान यहीं कार्यकालमा गर्ने वचनवद्धता व्यक्त गर्नुभएको छ । रास्वपासँग जोडिएरै आउने सहकारीका मुद्दामा खासै अभिव्यक्ति नदिनुभएका पार्टीका बरिष्ठ नेतासमेत रहनुभएका सरकार प्रमुख शाहले चितवन पुगेर कार्यकर्तामाझ सहकारी समस्यालाई प्राथमिकतामा राखेको विषयमा बोल्नुभएको हो ।
चितवनमा हिजोबाट शुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सहकारी समस्याबारे सरकारको स्पष्ट धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘हामी यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ। अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौँ। अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो।’
प्रधानमन्त्री शाहले सरकारमाथि उठेका विभिन्न विषयमा स्पष्टीकरण दिने क्रममा सहकारीको मुद्दामा पनि बोल्नुभएको हो । सहकारीका समस्या समाधान वर्तमान सरकार र सत्तारुढ दल रास्वपा दुबैको प्राथमिकतामा परे पनि प्रधानमन्त्री आफैंले भने यो विषयमा हिजो चितवन पुगेर मुख खोल्नुभएको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com