Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
उच्च शिक्षा छात्रवृत्ति वितरण र साइबर सुरक्षा सचेतना कार्यक्रम

चन्द्रागिरी साकोसको प्राथमिकता वित्तीय सेवासँगै शिक्षा र डिजिटल साक्षरता

चन्द्रागिरी साकोसको प्राथमिकता वित्तीय सेवासँगै शिक्षा र डिजिटल साक्षरता

काठमाडौं, १४ असार । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको ‘चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति वितरण तथा अनलाइन सुरक्षा एवं डिजिटल ठगीविरुद्ध सचेतना कार्यक्रम’ सम्पन्न भएको छ । कार्यक्रमको पहिलो सत्रमा सूचना प्रविधि विज्ञ नविन कार्कीले ‘अनलाइन सुरक्षा तथा डिजिटल ठगीविरुद्ध जनचेतना’ विषयमा प्रस्तुति दिनु भएको थियो ।

कायक्रममा उहाँले सामाजिक सञ्जाल प्रयोग गर्दा देखिने जोखिम, फिसिङ, ओटिपी ठगी, लटरी स्क्याम, रोमान्स स्क्याम जस्ता डिजिटल ठगीका नयाँ प्रवृत्तिहरूबारे विस्तृत जानकारी गराउनु भयो । सहभागी विद्यार्थीहरूबीच अन्तरक्रिया र प्रश्नोत्तर कार्यक्रम पनि सञ्चालन गरिएको थियो भने उत्कृष्ट प्रश्न सोध्ने र सक्रिय सहभागीता जनाउने विद्यार्थी तथा सहभागीहरूलाई पुरस्कृत समेत गरिएको थियो । “सोचेर क्लिक गरौं, ठगीबाट बचौं” भन्ने नाराका साथ सञ्चालित यो सत्र अत्यन्त प्रभावकारी रहेको थियो । 

Ch-2_11zon (1).jpeg
undefined

दोस्रो सत्रमा ६२ जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति प्रदान गरिएको थियो । संस्थागत तथा व्यक्तिगत गरी २६ जना दाताहरूको योगदानबाट यो छात्रवृत्ति कोष सञ्चालित छ । चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्तिको सुरुवात संस्थाले शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्व वहन गर्दै सामुदायिक विद्यालय तथा क्याम्पसहरुमा अध्ययनरत आर्थिक रूपले कमजोर, असहाय, अशक्त तर जेहेन्दा विद्यार्थीहरूलाई उच्च शिक्षा १० प्लस २, स्नातक र स्नातकोत्तर तह हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले गरेको हो ।

Ch-last_11zon.jpeg
undefined

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले चन्द्रागिरि साकोसको अग्रसरतामा विभिन्न व्यक्ति र संघसंस्थाको योगदानबाट छात्रवृत्ति कोष निर्माण भई सञ्चालन भइरहेको बताउनु भयो । प्रमुख अतिथि योगेन्द्र कुमार कुँवरले छात्रवृत्ति कार्यक्रमको सुरुवाती चरण स्मरण गर्दै दाताहरूको विश्वास र समर्पणप्रति आभार व्यक्त गर्दै प्राप्त छात्रवृत्तिलाई पूर्ण सदुपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

Ch-5_11zon.jpeg
undefined

विशेष अतिथि चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख  बुद्धिप्रसाद भट्ट ले शिक्षामा लगानी नै राष्ट्रको भविष्यमा लगानी भएको बताउँदै सहकारीले वित्तीय सेवासँगै शिक्षा र डिजिटल साक्षरतामा गरेको योगदान प्रशंसनीय रहेको विचार व्यक्त गर्नुभयो । संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक भानुप्रकाश ढकालले पनि उच्च शिक्षा छात्रवृत्ति वितरण र साइबर सुरक्षा सचेतनाबारे आफ्नो विचार राख्नुभएको थियो । 

chh_11zon.jpeg
undefined

संस्थाका अध्यक्ष शिवशंकर मानान्धरले सहकारी केवल आर्थिक कारोबारमा सीमित नभई सामाजिक विकास र समुदायको उत्थानमा समर्पित रहेको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । शिक्षा उपसमिति सदस्य ललिता कार्कीले स्वागत मन्तव्य र सञ्चालक सदस्य इन्द्रबहादुर महर्जनले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

DSC_2517.JPG_11zon.jpeg
undefined

यस कार्यक्रमले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै डिजिटल युगमा सुरक्षित रहन सिकाउने र दिगो विकास लक्ष्यमा योगदान पुर्याउने लक्ष्य राखेको र शिक्षा, डिजिटल सुरक्षा र सामाजिक उत्तरदायित्वलाई एकीकृत रूपमा अगाडि बढाएर सहकारीले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको समेत आयोजक चन्द्रागिरि साकोसले बताएको छ ।

DSC_2368.JPG_11zon.jpeg
undefined

कार्यक्रममा चन्द्रागिरि नगरपालिका, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, अभिभावक, विद्यार्थी, सहकारी अभियन्ता तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो । आयोजक संस्थाले यो कार्यक्रमले शिक्षा, सामाजिक विकास र सुरक्षित डिजिटल समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको विश्वास व्यक्त गरेको छ ।

DSC_2439.JPG_11zon.jpeg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार