सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले नेपाल प्रहरीका आठ जना एआईजीको सरुवा गर्नेदेखि लिएर विभिन्न नयाँ नियुक्ति, विधेयक स्वीकृति र नियमावली परिमार्जन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू:
अर्थ मन्त्रालय: ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ संघीय संसद्मा पेस गर्न स्वीकृति दिने।
कानुन मन्त्रालय: राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी सम्झौता ‘बीबीएनजे’ लाई अनुमोदनका लागि संघीय संसद्मा पेस गर्न स्वीकृति दिने।
गृह मन्त्रालय: नेपाल प्रहरीमा कार्यरत आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने।
भौतिक पूर्वाधार मन्त्रालय: विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने।
भूमि व्यवस्था मन्त्रालय: ‘कमैया श्रम (निषेध गर्ने) सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३’ स्वीकृत गर्ने।
शिक्षा मन्त्रालय: ‘शिक्षा (दसौँ संशोधन) नियमावली, २०८३’ स्वीकृत गर्ने।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय: गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय: सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने।
नीतिगत निर्णय: ‘राष्ट्रिय सदाचार नीति, २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गर्ने।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com