काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह–सचिव मदन कोइरालाले सहकारी मुलुकका लागि अपरिहार्य भएको बताउनुभएको छ । मुलुकको संविधानले सहकारीसहितको तीन खम्बे अर्थनीति अपनाएको भन्दै यसको महत्व निक्कै रहेको धारणा उहाँले राख्नुभयो ।
नेपाल सहकारी पत्रकार समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, ‘मैले धेरै ठाउँमा प्रमुख जिल्ला अधिकारी भएर पनि काम गरेँ । त्यसक्रममा विभिन्न जिल्लाका गाउँ गाउँमा सहकारीमार्फ भएका राम्रा कामहरुबारे नजिकबाट नियाल्ने अवसर पाएँको छु । मेरो अनुभवले भन्छ सहकारी नभई हुँदैन ।’ उहाँले भन्नुभयो, ‘सहकारीहरुले मानिसहरुलाई सबलीकरण गर्न, गरिब निमुखा र लक्षित वर्गको उत्थान गर्न तथा गरिबी निवारणमा ठूलो सघाउ पुर्याएको छ ।’ उहाँले सहकारी क्षेत्रले अर्थतन्त्रमा ठूलो सघाउ पुर्याएको बताउनुभयो ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सञ्चालक सदस्य समेत रहनुभएका कोइरालाले भन्नुभयो, ‘दुई चारवटा ठूला सहकारीहरुले वित्तीय अनुशासन कायम नगरेका कारणले अहिले समस्या आएको हो । तर, सहकारी मुलुकको लागि अपरिहार्य छ । यद्यपि, सहकारीहरुलाई कसरी व्यवस्थित गरेर लान सकिन्छ भन्ने तर्फ सबै लाग्नुपर्छ । त्यसका लागि प्राधिकरणले सहकारी विभाग, सहकारी अभियान तथा अन्य सम्बन्धित निकायहरुसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने विश्वास उहाँले दिलाउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com