काठमाडौं । नेपालमा मानसिक तथा मनोसामाजिक सहयोग प्रणाली सुदृढ बनाउन नेपाल सरकार र संयुक्त राष्ट्रसंघले ‘सयुक्त राष्ट्रसंघीय संयुक्त मानसिक स्वास्थ्य सहयोग कार्यक्रम’ शुरु गरेका छन्। तीन वर्षे यो पहलले संघ, प्रदेश र स्थानीय तहमा गुणस्तरीय मानसिक स्वास्थ्य एवं मनोसामाजिक सहयोग सेवामा पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ ।
स्विट्जरल्यान्ड सरकारको आर्थिक सहयोगमा सञ्चालित नयाँ पहलले महिला, बालबालिका, किशोरकिशोरी र विपन्न समुदायलाई लक्षित गर्दै कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नेछ।
तीन वर्ष अवधिको यस कार्यक्रमलाई संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालय यूएनएफपीए, युनिसेफ र डब्लुएचओले संयुक्त रुपमा कार्यान्वयन गर्नेछन्।
यसले संघीय, प्रादेशिक र स्थानीय तहमा सरकारी निकायहरुसँग मिलेर नीति सुदृढीकरण, सेवा सुधार, जनशक्ति क्षमता अभिवृद्धि र मानसिक स्वास्थ्य हेरचाहमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ।
नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण ९२०२४–२०२५० अनुसार १५ देखि २४ वर्षका ९.३ प्रतिशत युवाहरुमा डिप्रेसन वा एन्जाइटीको लक्षण देखिएको छ। त्यस्तै पुरुषहरुको तुलनामा महिलाहरुमा मानसिक तनावको सम्भावना दोब्बर पाइएको छ। नेपालमा मानसिक अस्वस्थताका कारण वार्षिक झन्डै १८.७ अर्ब रुपैयाँ (कुल गार्हस्थ्य उत्पादनको करिब आधा प्रतिशत) नोक्सानी हुने गरेको छ।
कार्यक्रमअन्तर्गत कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा सरकारी निकायसँग सहकार्य गरी नीति सुदृढीकरण, सेवा सुधार, जनशक्ति क्षमता अभिवृद्धि तथा मानसिक स्वास्थ्य हेरचाहमा नवीनता प्रवर्द्धन गरिने जनाइएको छ । यस कार्यक्रमले मानसिक स्वास्थ्य रणनीति तथा नीतिको परिमार्जन र अद्यावधिक गर्ने तथा अनलाइन तालिम पूर्वाधार र स्रोत केन्द्र स्थापना गर्ने जस्ता प्रमुख राष्ट्रियस्तरका गतिविधिलाई पनि सहयोग गर्नेछ बताइएको छ ।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा। श्रीकृष्ण श्रेष्ठका अनुसार यस कार्यक्रमको एक विशिष्ट विशेषता मानसिक स्वास्थ्यका लागि सार्वजनिक–निजी साझेदारीको विकास र परीक्षणमा ध्यान केन्द्रित गर्नु हो, जसले सेवा प्रवाह, नवीनता र सेवामा पहुँच सुदृढ गर्न सरकारी निकाय र निजीक्षेत्रबीच सहकार्यका नयाँ बाटोहरू खोल्नेछ । ‘आजको शुभारम्भ नेपालमा मानसिक स्वास्थ्य र कल्याण सुधार गर्ने हाम्रो सामूहिक प्रयासमा एउटा महत्त्वपूर्ण कोसेढुंगा हो,’ श्रेष्ठले भन्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com