काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना सदस्यहरुलाई अब ५ प्रतिशत ब्याजदरमै ऋण सुविधा उपलब्ध गराउने भएको छ । संस्थाको इतिहासमै पहिलो पटक यति सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउन लागिएको भन्दै लगानी गर्ने, उद्यमी बन्ने, व्यापार व्यवसाय वा कृषि कर्म गर्न खोज्ने सदस्यहरुका लागि यो अत्यन्त सुनौलो अवसर भएको संस्थाका मुख्य प्रबन्धक एवम् सूचना अधिकारी मिलन ढकालले धिप्री डटकमलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘सदस्यहरुलाई सहज होस्, हाम्रो कर्जा सेवा अत्यन्त सहुलियपूर्ण र सरल होस् भनेर हामीले यो निर्णय लिएका हौं । व्यावसायिक योजना भएका, केही गर्न चाहने सदस्यहरुलाई पुँजीको अभाव नहोस् भन्ने हाम्रो मुख्य ध्येय हो ।’
सदस्यहरुको अथाह विश्वासका कारण अधिक तरलता भएकाले त्यसको व्यवस्थापनका लागि पनि सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउन लागिएको मुख्य प्रबन्धक ढकालले जानकारी गराउनुभयो । ‘कम्तिमा एक वर्षसम्म स्थिर ब्याजदरमा हामी यो सेवा उपलब्ध गराउँदैछौं, ’ ढकालले भन्नुभयो, ‘त्यसपछि पनि बजार अनुसार ब्याजदरमा हेरफेर गर्छौं । हामी सदस्यलाई मार पार्ने होइन कसरी सहज हुन्छ भन्नेमा सधैं तल्लीन छौं ।’ ढकालले भन्नुभयो, ‘सन्दर्भ ब्याजदरको क्याप १६ प्रतिशत हुँदा ऋण लिनुभएका सदस्यहरुको ब्याजदर अहिले ८ प्रतिशतमा झारेका छौं, नियमित किस्ता तिर्ने सदस्यहरुले साँच्चिकै सुविधा पाउनुभएको छ । सोही कारण उहाँहरु हामीसँग खुसी र सन्तुष्ट पनि हुनुुहन्छ ।’
ऋणका लागि संस्थाले आवश्यक परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको छ भने २५ वर्षको गौरवमय यात्रालाई मध्यनजर गर्दै निकट भविष्यमै पोखरा रोयल साकोसले परामर्श सप्ताह सुरु गर्न लागेको समेत मुख्य प्रबन्धक ढकालले बताउनुभयो । ‘हामी केही गर्न खोज्ने सदस्यहरुलाई पुँजी मात्र होइन सीप र परामर्श पनि प्रदान गर्छौं, ’ उहाँले भन्नुभयो ।
संस्थाका सूचना अधिकारी समेत रहनुभएका ढकालले भन्नुभयो, ‘यो साँच्चिकै सुनौलो अवसर हो । अन्यत्र बढी ब्याजदरमा ऋण लिनुभएका सदस्यहरुलाई पनि यसले सहयोग पुग्ने उहाँले बताउनुभयो । मासिक किस्तामा यो सुबिधा उपलब्ध हुने उहाँले स्पष्ट पार्नुभयो ।
सहकारी संस्थामा सम्भवत यति सस्तो ब्याजदरमा ऋण लगानी शायदै भएको समेत उहाँले बताउनुभयो । मुलुकमै बसेर केही गर्न चाहने, आम्दानीका स्रोतहरु बढाउने र उद्यम गर्न चाहने सदस्यहरुलाई थप सुविधा र सहजताका लागि सर्वसुलभ ब्याजदरमा ऋण प्रवाह गर्न लागिएको संस्थाका प्रबन्धक एवम् सूचना अधिकारी मिलन ढकालले जानकारी गराउनुभयो ।
२५ वर्षको गर्विलो इतिहास बोकेको पोखरा रोयल साकोसमा हाल २ अर्ब ५१ अर्ब बढीको कुल सम्पत्ति रहेको छ भने १० हजार ३ सय बढी सदस्य छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com