काठमाडौं । रुपन्देहीको धनवर्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको बाढीपिडितहरुको सहयोगमा हात अघि बढाएको छ । साकोसले यस्तो विपद्को घडीमा पनि सहयोग नगरे कहिले गर्ने भन्ने प्रश्न गर्दै उदात्तमनले सामूहिक निर्णयका आधारमा संस्थागत सहयोग गर्ने घोषणा गरेको छ । साकोसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,२१,१११ (अक्षरेपी एक लाख एक्काइस हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोगको घोषणा गरेको छ । साथै साकोसले भविष्यमा पनि सामाजिक उत्तरदायित्व वहन गर्ने प्रतिबद्धता जनाएको छ ।
संस्थाले भनेको छ, 'रसुवाको भोटेकोशी त्रिसुली नदिमा आएको बाढीले सिर्जित विकराल तथा विषम परिस्थितिबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि धनवर्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेड तर्फबाट सानो सहयोगको हात उठाइएको छ। यस कठिन घडीमा संस्थाका आदरणीय शेयर सदस्यहरू, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति,सल्लाहकार ,विभिन्न उप समितिहरू तथा सम्पूर्ण कर्मचारी वर्गको तर्फबाट ऐक्यबद्धता जनाउँदै धनवर्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,२१,१११र (अक्षरेपी एक लाख एक्काइस हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग गर्ने घोषणा गर्दछौँ। यस सहयोग रकममा सबै शेयर सदस्यहरु,सञ्चालक,लेखा सुपरिवेक्षण समिति तथा कर्मचारी र संस्थाको सामाजिक दायित्व बहन गदै हाम्रो यो सानो प्रयासले प्रभावित परिवारजनको राहत र पुनःस्थापनामा केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास लिएका छौँ। भविष्यमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै समुदायको सुख-दुःखमा साथ दिन धनवर्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सधैँ प्रतिबद्ध रहनेछ।
यस दुखद घडिमा दिवंगत भएका सबैको आत्माको चिर शान्तिको कामना गदै घाईते को सिघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौ ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com