Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

राष्ट्रपतिले बैशाख १९ गते संसद्लाई सम्बोधन गर्नुहुने

राष्ट्रपतिले बैशाख १९ गते संसद्लाई सम्बोधन गर्नुहुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्न आगामी वैशाख १९ गते दिउँसो ३ बजे कार्यतालिका राखिएको बताउनुभयो । 

मन्त्री गुरुङले सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिको वार्ता पनि सहमतिनजिक पुगेको खुलासा गर्दै चाँडै सहमति हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिनिधिसभा तथा राष्ट्रिय सभा नियमावली अनुसार सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले नै पढ्नुपर्ने प्रावधान छ । संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार