Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९५ करोड १७ लाख मौज्दात

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९५ करोड १७ लाख मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा रु. ११ अर्ब ९५ करोड १७ लाख मौज्दात रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भदौ २३, २०८३ (८ सेप्टेम्बर) साँझ ५:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका ९ वटा रुपैयाँ खातामा रु. ८ अर्ब ७६ करोड ६९ लाख र २ वटा डलर खातामा २,११,०८,४७१ अमेरिकी डलर मौज्दात रहेको छ। डलरलाई रु. १५०.८८ का दरले रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात रु. ११ अर्ब ९५ करोड १७ लाख पुगेको छ।

रसुवा–भोटेकोशी बाढीपछिको कुल सङ्कलन रु. ७ अर्ब ६८ करोड ४४ लाख र २,०५,२२,४२३ अमेरिकी डलर पुगेको छ, जुन विपद्अघिको रु. २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको रकम हो। भदौ २३ गते एकै दिन रु. ३० करोड ६२ लाख र १,१२,०३२ अमेरिकी डलर प्राप्त भएको छ। राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई रु. १ अर्ब हस्तान्तरण गरिएको छ।

 प्रभावित परिवारप्रति निरन्तर सहयोग गर्ने स्वदेश तथा विदेशका सम्पूर्ण व्यक्ति र संस्थाप्रति अर्थ मन्त्रालयले आभार व्यक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार