काठमाडौं । कमलपोखरीस्थित रसियन हाउस (रूसी सदन) मा आजदेखि दोस्रो काठमाडौं हरर फिल्म फेस्टिभल सुरु भएको छ। नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी र सिनेमाकर्सको संयुक्त आयोजनामा सुरु भएको यस महोत्सवलाई रसियन हाउसले लगातार दोस्रो वर्ष पनि आफ्नो हल उपलब्ध गराउँदै विशेष सहयोग गरेको छ । महोत्सवको अवसरमा रसियन हाउसको हललाई पूर्ण रूपमा डरलाग्दो (स्पुकी) वातावरणमा रूपान्तरण गरिएको छ। ऐनाबाट हातखुट्टाहरू निस्किएका देखिन्छन् भने जताततै माकुराका जालाहरू झुण्ड्याइएका छन् र हलको हरेक कुनामा डरलाग्दा दृश्यहरू सजाइएको थियो ।
महोत्सवको उद्घाटन समारोहमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष तथा महोत्सवका मुख्य अतिथि मनिष पण्डित, नेपालका लागि रूसी दूतावासकी काउन्सिलर तथा नेपालस्थित रूसी सदनकी प्रमुख एनास्तासिया खोख्लोभा, नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठक, नेपालस्थित जापानी दूतावासका डेपुटी चिफ अफ मिसन यासुहारु शिन्तो, नेपालस्थित पाकिस्तानी दूतावासका प्रथम सचिव वकास अहमद, महोत्सव निर्देशक रशिक पाठक लगायतकाहरुको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा पियानोवादक सार्थक मानन्धरले त्चायकोभ्स्की र कोर्नेलयुकका धुनहरू प्रस्तुत गरेका थिए भने त्यसपछि परम्परागत नेपाली लाखे नाच प्रदर्शन गरिएको थियो।
उद्घाटन कार्यक्रममा रुसी सदनकी प्रमुख खोख्लोभाले महोत्सव निर्देशक रशिक पाठकको नेतृत्वमा रहेको आयोजक टोली, स्वयंसेवकहरू र रसियन हाउसका कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले यो महोत्सव नेपालका लागि एक अद्वितीय र फरक विधाको इभेन्ट रहेको उल्लेख गर्नुभयो। रसियन हाउस र एनएफसीएबीचको सहकार्य यो हरर फिल्म फेस्टिभलमा मात्र सीमित छैन एनएफसीएले लामो समयदेखि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्दै आएको छ र यस वर्ष रसियन हाउस यसको आधिकारिक भेन्यूहरूमध्ये एक हो, 'उहाँले भन्नुभयो । उहाँले यो सहकार्य आगामी दिनमा पनि जारी रहने विश्वास व्यक्त गर्नुभयो।
यसैबीच, रसियाको प्रसिद्ध चलचित्र संस्था चलचित्र संस्था 'रोसकिनो' ले भर्खरै एउा ठूलो खुसीको खबर साझा गरेको छ। अन्तर्राष्ट्रिय फिल्म पिचिङ' "सिनेमा एज अ टुल एगेन्स्ट फ्युचर शक" मा सहभागी दर्जनौँ विदेशी प्रतिस्पर्धीहरूमध्ये नेपाल र इरानका प्रतिनिधिहरू मात्र फाइनलमा पुग्न सफल भएका छन्। यो पिचिङ तेस्रो अन्तर्राष्ट्रिय सिम्पोजियम "क्रिएटिङ द फ्युचर" को एक हिस्सा हो, जहाँ युवा लेखकहरूले भविष्यमा आधारित चलचित्र र शृङ्खलाका परियोजनाहरू विज्ञ जुरीसमक्ष प्रस्तुत गर्दछन्। यसको फाइनल आगामी नोभेम्बर १२ मा रसियाको नेशनल सेन्टरमा हुनेछ।
ययस सिम्पोजियममा भाग लिन नेपालका प्रतिनिधिले अवसर पाएका छन्। उनलाई र उनको टोलीलाई चलचित्र निर्माणका क्षेत्रमा सहकार्य बढाउन, थप सिकाउन र नेपाली चलचित्रकर्मीहरूको अद्वितीय राष्ट्रिय अनुभव आदानप्रदान गर्न रसिया पठाउने आशा गरिएको छ। रसियन हाउसले एनएफसीएसँग मिलेर युवा चलचित्रकर्मीहरूलाई उनीहरूको प्रतिभा प्रस्फुटन गर्न र अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्न सधैँ सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ।
ओपनिङ फिल्म
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com