Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

भारत-पाकिस्तानलाई संयम अपनाउन संयुक्त राष्ट्र संघको आग्रह

भारत-पाकिस्तानलाई संयम अपनाउन संयुक्त राष्ट्र संघको आग्रह

एजेन्सी । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरेको अपरेशन सिन्दूर (मिसाइल हमला) प्रति संयुक्त राष्ट्र संघले गहिरो चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताउनुभएको छ ।

उहाँले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गर्नुभएको छ । दुजारिकले भन्नभुयो, ‘भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ।’

यसअघि, ५ मेमा राष्ट्र संघीय महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट गर्दै भारत र पाकिस्तानबीचको तनाव पछिल्ला केही वर्षमा सबैभन्दा गहिरो रहेको उल्लेख गर्नुभएको थियो ।  साथै उहाँले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको पनि निन्दा गर्नुभएको थियो । भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न भारत र पाकिस्तानबीच पछिल्लो समय तनाव बढ्दो छ ।

भारतले अपरेशन सिन्दूरु नाम दिइएको सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो।

यो कारबाही अप्रिल २२ मा भारत प्रशासित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।

भारतको वाशिङ्टनस्थित दूतावासले विज्ञप्ति जारी गर्दै आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको दाबी गरेको छ । 
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गर्नुभयो र बलियो जवाफ दिने चेतावनी दिनुभएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार