Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

भारतका महामण्डलेश्वर स्वामी गिरी र कांग्रेस वरिष्ठ नेता कोइरालाबीच भेट

भारतका महामण्डलेश्वर स्वामी गिरी र कांग्रेस वरिष्ठ नेता कोइरालाबीच भेट

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पनि नेपालको धार्मिक भ्रमणमा आउनुभएका भारतको निरञ्जनी अखडाका प्रमुख स्वामी कैलाशानन्द गिरी महाराजसँग आज भेटघाट गर्नु भएको छ। यसअघि आजै नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि स्वामी कैलाशानन्द गिरीले भेट गर्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग घनिष्ठ सम्बन्ध रहेको गिरीसँगको देउवा र कोइरालाको भेटलाई महत्वका साथ हेरिएको छ ।

खासगरी तरल राजनीतिक परिस्थितिका बीच भएको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ । भारतमा निरंजन पिठाधिश्वर श्री श्री १००८ आचार्य महामण्डलेश्वर पुज्य स्वामी कैलाशानन्द गिरी भनेर चिनिने उहाँसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सल्लाह लिने निकटस्थहरू बताउँछन् । सोही कारण पनि कांग्रेसका उच्च नेताहरुको भेटले महत्व राख्ने बताइन्छ ।  

भारत भ्रमणमा जाने उच्चपदस्थ अधिकारीहरुसँगै धेरै नेपाली नेताले उहाँलाई भेट्ने गरेका छन् । नेपाल भ्रमणमा आउँदा गिरीलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितले स्वागत गर्नुभएको थियो ।

भारतका हिन्दु धर्मालम्बीहरूका लागि प्रमुख अखडा मानिने निरञ्जनी अखडाका प्रमुख गिरी वैशाख १५ गते नेपाल आउनुभएको थियो । उहाँ बैशाख २६ गतेसम्म नेपाल बस्ने कार्यक्रम छ ।

WhatsApp Image 2025-05-08 at 20.32.01_2d3144e7.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार