Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

ऐतिहासिक बद्रिनारायण प्राण प्रतिष्ठा भव्यतापूर्वक सम्पन्न

ऐतिहासिक बद्रिनारायण प्राण प्रतिष्ठा भव्यतापूर्वक सम्पन्न

काठमाडौं । ऐतिहासिक बद्रिनारायण प्राण प्रतिष्ठा भव्यतापूर्वक सम्पन्न भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको कार्यक्रममा श्री श्री १००८ स्वामी महामण्डलेश्वर कैलाशानन्द गिरिजी महाराज, भारतीय जनतापार्टीका वरिष्ठ उपाध्यक्ष भगतसिंह कोशियारी, बद्रिनाथ धाम उत्तराखण्डका अध्यक्ष दर्शन भारतीजी, नेपालका विशिष्ट सन्त, विद्वानरविदुषी, उपप्रधान मन्त्री प्रकाशमान सिंह एवं अन्य मन्त्रीहरु, विभिन्न प्रदेशका मुख्यमन्त्री एवं मंत्री हरु, विभिन्न दलका उच्चस्तरीय नेता, सांसदहरु, नागार्जुन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख लगायत कार्यपालिका परिवार, अन्य पालिकाका व्यक्तित्व, सरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरू, विभिन्न जिल्ला एवं विदेशबाट आउनुभएका भक्त सज्जन, दान दाता, सञ्चारकर्मी, विभिन्न संघ संस्था, प्रतिष्ठान परिवार केन्द्रिय समिति, मातृशक्ति तथा युवाशक्ति, विभिन्न दलका स्थानीय नेतृत्व, समाजसेवी, बुद्धिजीवी, धार्मिक गुरु एवं संघ संस्था, स्थानीय संघरसंस्था लगायतको सहभागिता रहेको थियो । 

नारायण पोखरेल प्रतिष्ठानले उक्त कार्यक्रमको आयोजना गरेको हो । पण्डित वाचनशिरोमणि स्व.नारायण पोखरेलको नाममा स्थापित प्रतिष्ठानको आयोजनामा काठमाडौंको नागर्जुन–७ मा आयोजित आठ दिने ‘बद्री नारायण प्राण प्रतिष्ठा’ धार्मिक अनुष्ठानको समापन समारोहमा हिजो माओवादी अध्यक्ष प्रचण्ड सहभागी हुनुभएको थियो ।

494369063_9475218885917735_3762238223286704114_n.jpg
undefined
494196828_9475218099251147_8157049889435775261_n.jpg
undefined
495733362_9475218362584454_6281692196119023058_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार