Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मोहन बस्नेतको सांसद पद निलम्बन

मोहन बस्नेतको सांसद पद निलम्बन

काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्बित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत पद निलम्बन भएको पत्र पढेर सुनाउनुभयो ।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहनुभएका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उहाँ भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाटनिलम्बित हुनुभएको हो ।
 
सार्वजनिक पद धारण गरेका व्यक्ति भएकाले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार बस्नेत स्वतः निलम्बनमा पर्नुभएको हो ।
 
टेरामोक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूमाथि रु तीन खर्ब २१ करोड बिगो माग दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार