काठमाडौँ । सरकारले गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई रष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्ति गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी गराउनुभयो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिबारे छलफल भएको थियो ।
अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक समेत सहभागी रहेको बैठकमा सहमति जुटेपछि गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढेको हो । त्यस लगत्तै अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिको बैठकले पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो । पहिलो नम्बरमा पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई सिफारिश हुनुभएको थियो ।
यससँगै राष्ट्र बैङ्कमा डेढ महिनादेखि रिक्त रहेको गभर्नर पदमा नियुक्ति भएको छ । चैत २३ गते महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।
चितवनका पौडेल गत संसदीय निर्वाचनमा चितवन क्षेत्र नं १ बाट काँग्रेस उम्मेदवार बन्नुभएको थियो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालसँग पराजित हुनुभएको थियो । त्यसअघि उहाँ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो ।
२०३२ सालमा चितवनको रत्ननगरमा जन्मनुभएका पौडेलले अमेरिकाको क्यालिफोर्निया विश्व विद्यालयबाट विद्यावारिधी गर्नुभएको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, इन्टरनेशनल सेन्टर फर इन्ट्रिग्रेटेड माउन्टेन (इसिमोड)को सञ्चालक समितिको अध्यक्ष समेत भएर काम गरेको अनुभव उहाँसँग छ । पौडेलले कोलम्बो प्लान काउन्सिलको अध्यक्ष भएर समेत काम गरिसक्नुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com