Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
क्यान.संगठन

नेपाली भाषाको डोमेनयुक्त वेबसाइट सार्वजनिक गर्दै ‘UA Hackathon Nepal 2025’ सम्पन्न

नेपाली भाषाको डोमेनयुक्त वेबसाइट सार्वजनिक गर्दै ‘UA Hackathon Nepal 2025’ सम्पन्न

काठमाडौं । नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक गर्दै युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन नेपाल २०२५ सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)  र अन्तर्राष्ट्रिय संस्था आईक्यान (ICANN) को सहकार्यमा शनिबार काठमाडौंमा आयोजना गरिएको ‘‘UA Hackathon Nepal 2025: Pioneering UA Ready Platforms’ कार्यक्रमले इन्टरनेट पहुँचमा समावेशिता र नेपाली भाषाको प्रवर्द्धनमा ऐतिहासिक पाइला चालेको हो ।

कार्यक्रममा सार्वजनिक गरिएको क्यान. संगठन वेबसाइटलाई डोमेन नेम सिस्टममा नेपाली भाषाको औपचारिक उपस्थितिको सुरुवातका रूपमा लिइएको छ । यसले सरकारी र सार्वजनिक सेवामा नेपाली भाषाको प्रयोगलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

युनिभर्सल एक्सेप्टेन्सको अवधारणा अनुसार कुनै पनि प्रणालीले स्थानीय भाषामा लेखिएको डोमेन र ईमेल ठेगाना स्वीकार गर्नुपर्ने हुन्छ । यस्तो प्रणालीलाई ‘UA-ready’ भनिन्छ । यसले स्थानीय भाषाभाषीहरूलाई इन्टरनेट सेवामा जोड्न मद्दत गर्नेछ ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले नेपाली डोमेनको प्रयोगले भाषा, पहिचान र पहुँचको संरक्षण हुने उल्लेख गर्दै यो कदमले डिजिटल नेपाल निर्माणमा समेत योगदान दिने विश्वास व्यक्त गरिन् । उनले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, एआई नीति अन्तिम चरणमा पुगेको र साइबर सुरक्षा विधेयक संसदमा दर्ता हुने क्रममा रहेको जानकारी गराउनुभयो ।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले अंग्रेजीमा दक्ष नभएका करिब ७०५ नेपालीहरू अझै इन्टरनेट पहुँचबाट टाढा रहेको उल्लेख गर्दै, नेपाली भाषामा डोमेन तथा ईमेल ठेगाना उपलब्ध गराउनाले उनीहरूलाई डिजिटल सेवामा जोड्न मद्दत गर्ने बताउनुभयो ।

कार्यक्रममा युनेस्को नेपालका प्रमुख जाको डु तोइतले युनिभर्सल एक्सेप्टेन्स युनेस्कोको बहुभाषिता सम्बन्धी सिफारिससँग मेल खाने र यसलाई नेपालमा लागू गर्न संस्था तयार रहेको उल्लेख गर्नुभयो ।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यसलाई नेपाली भाषाको कम्प्युटिङ यात्रामा अर्को महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै अघिल्लो दशकमा गरिएका कामहरू जस्तै नेपाली भाषा स्ट्यान्डर्ड विकास र स्पेल चेकर निर्माणको स्मरण गर्नुभयो ।

कार्यक्रम सूचना प्रविधि विभाग, नेपाल सरकारस युनेस्कोस एपीएनआईसीस नेपाल इन्टरनेट एक्सचेन्जस वर्ल्डलिंक कम्युनिकेसन्स ९इन्टरनेट पार्टनर०स माभोरियन सिस्टमस हिकोल कलेजस र होरियन इन्टरेक्टिभ बोर्डको सहकार्य र सहयोगमा सम्पन्न भएको थियो । यस्ता बहुपक्षीय साझेदारीले कार्यक्रमको प्रभावकारिता र दीर्घकालीन सम्भावना दुबैमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक संस्थाले जनाएको छ ।

नेपाल इन्टरनेट एक्सचेन्जका सीईओ रुपेश श्रेष्ठले स्थानीय भाषा र सर्भरमार्फत डोमेन सञ्चालन गर्दा स्क्याम नियन्त्रण र प्रमाणिकता बढ्ने उल्लेख गरे । उनले ।लउ डोमेनलाई नेपालीमै ल्याउने र रजिस्ट्रीररजिस्ट्रार मोडमा लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रमका अन्य वक्ताहरूले भविष्यमा सरकारी तथा निजी वेबसाइटहरू नेपाली भाषामै उपलब्ध गराउने योजना रहेको जानकारी दिए ।

WhatsApp Image 2025-05-21 at 06.51.02_47a802e8.jpg
undefined

UA Hackathon Nepal का टिम लिड बिबेक सिलवालका अनुसार, “हाम्रो उद्देश्य कार्यक्रममार्फत जनमानसमा यो सन्देश दिनु थियो कि वेबसाइटको सामग्री मात्र होइन, वेबसाइटसम्म पुग्न प्रयोग हुने डोमेन र किवर्डहरू पनि नेपाली भाषामै सम्भव छन्। यस वेबसाइटको सुरुवात नेपाली डोमेन नेम उद्योगका लागि एक महत्वपूर्ण माइलस्टोन हो। अब हामीले सरकार, विशेषगरी डोमेन सम्बन्धी विभागको नेतृत्वमा बहुपक्षीय मोडलमार्फत नेपालु डोमेनका लागि आवेदन दिनतर्फ अघि बढ्नुपर्छ। साथै, वेबसाइटको सुरुवातसँगै ह्याकाथनको आयोजना गर्नुले हालै युवालाई नेपाली डोमेन र ईमेल स्वीकार गर्न सक्षम प्रणालीको निर्माण प्रक्रिया बारेमा जानकारी दिने प्लेटफर्म पनि प्रदान गरेको छ ।”

कार्यक्रम दुई सत्र मा सम्पन्न भएको थियो। पहिलो सत्रमा करिब १०० जना सहभागी भएका थिए, जसमा आम सरोकारवाला, नीति निर्माताहरू, र प्रविधिमा चासो राख्ने सहभागीहरूको सहभागिता थियो। कार्यक्रम क्यान महासंघको वेबसाइटमार्फत प्रत्यक्ष प्रशारण (live streaming) समेत गरिएको थियो र Zoom मार्फत ५० जना अनलाइन सहभागी भएका थिए  कार्यक्रम को एक मुख्य अंशको रूपमा UA Hackathon सत्र सञ्चालन गरिएको थियो, जसमा करिब ४० जना युवाहरू सहभागी थिए । कार्यशालामा सहभागीहरूले नेपाली भाषामा इमेल ठेगाना निर्माण र प्रणालीले त्यसलाई कसरी स्वीकार गर्छ भन्नेबारे अभ्यास गरेका थिए । 

कार्यक्रमका समन्वयक तथा क्यान महसंघका प्रबन्धक उदिप बरालले पनि कार्यक्रममा सफलता हासिल भएकोमा सन्तोष व्यक्त गर्दै भन्नुभयो, “हामीले कार्यक्रमको उद्देश्य प्राप्त गर्न सफल भएका छौँ । ICANN, UNESCO र APNIC जस्ता अन्तर्राष्ट्रिय संस्थासँगको साझेदारीले कार्यक्रमको प्रभाव र पहुँचलाई अझ विशाल बनाएको छ र मलाई खुसी लागेको छ कि हामीले यस्तो प्रयास गर्न सक्यौँ ।”

कार्यक्रममा सहभागीहरूलाई स्थानीय भाषामा डोमेन र ईमेल बनाउने तरिका, प्लेटफर्महरूलाई कसरी यूए रेडी बनाउने भन्ने विषयमा तालिम दिइएको थियो । यो पहलले भविष्यमा सरकारी तथा निजी संस्थाका वेबसाइटहरू पनि नेपाली भाषामै उपलब्ध गराउने सम्भावनालाई बलियो बनाएको क्यान महासंघले बताएको छ । 

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले भन्नुभयो, 'UA Hackathon Nepal 2025" मार्फत नेपाली भाषामा डोमेनयुक्त वेबसाइट सार्वजनिक हुनु ऐतिहासिक उपलब्धि हो। यो केवल प्रविधिमा प्रगति मात्र होइन, हाम्रो मातृभाषालाई डिजिटल पहिचान दिलाउने महत्त्वपूर्ण कदम पनि हो। डोमेन र इमेलहरू अब नेपाली भाषामै सम्भव हुनु डिजिटल समावेशिता र भाषिक विविधताको सम्मान तर्फको दिशामा साहसी पहल हो।'

कार्यक्रम सूचना प्रविधि विभाग (नेपाल सरकार), युनेस्कोस एपीएनआईसीस नेपाल इन्टरनेट एक्सचेन्जस वर्ल्डलिंक कम्युनिकेसन्सस माभोरियन सिस्टमस हिकोल कलेजस र होरियन इन्टरेक्टिभ बोर्डको सहकार्य र सहयोगमा सम्पन्न भएको थियो । यस्ता बहुपक्षीय साझेदारीले कार्यक्रमको प्रभावकारिता र दीर्घकालीन सम्भावना दुबैमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार