Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

बजेट निर्माण सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्न निर्देशन

बजेट निर्माण सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्न निर्देशन

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयहरूलाई जिम्मेवारीविहीन अवस्थामा रहेका कर्मचारीहरूलाई ३ दिनभित्र उपयुक्त जिम्मेवारी तोक्न र आगामी बजेट निर्माणको चरण सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्न निर्देशन जारी गरेको छ।

कार्यालयले जारी गरेको परिपत्रमा कर्मचारी व्यवस्थापनलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाएर नेपाल सरकार, प्रदेश र स्थानीय तहको शासकीय प्रबन्ध र सेवा प्रवाहलाई सुदृढ गर्न सबै सचिवहरूलाई जोड दिन भनिएको छ ।

परिपत्रमा उल्लेख भएअनुसार, हाल कतिपय मन्त्रालय र मातहतका कार्यालयहरूमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी रहेको, कतिपय कर्मचारीलाई समयमै पदस्थापन नगरी जिम्मेवारीविहीन अवस्थामा राखिएको र स्वीकृत दरबन्दीअनुसार नभई तल्लो पद वा श्रेणीका कर्मचारीलाई जिम्मेवारी दिइएको गुनासोप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। य

सअघि मिति २०८१/०५/२७ मा जारी पत्रमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दरबन्दी र कार्यरत कर्मचारी तथा रिक्त पदको विवरण एकिन गरी कर्मचारी सूचना प्रणालीमा अद्यावधिक गर्न र सम्बद्ध निकायसँग समन्वय गरी प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न अनुरोध गरिएको थियो।

त्यस्तै, मिति २०८१/०९/२१ मा गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारीविहीन कर्मचारीहरूलाई प्रचलित कानुनबमोजिम ३ दिनभित्र जिम्मेवारी तोक्न निर्देशन दिइएको थियो। साथै, मुख्यसचिवको अध्यक्षतामा प्रत्येक महिना हुने सचिव बैठकमा पनि कर्मचारीलाई जिम्मेवारीविहीन राख्न नहुने र सरुवा, काज तथा पदस्थापनलाई व्यवस्थित गर्नुपर्ने निर्णय भएको स्मरण गराइएको छ।

यो परिपत्रले सबै मन्त्रालयहरूलाई तीनवटै तह (संघ, प्रदेश र स्थानीय) मा स्वीकृत दरबन्दीअनुसार मात्र कर्मचारी सरुवा वा पदस्थापन गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार