काठमाडौँ- भारतीय सैनिकको एक टोलीले सगरमाथाको सफल आरोहण गरेको छ। आर्मी एडभेन्चर विंग रजत जयन्तीको अवसरमा भारतीय आर्मीको टोलीले सगरमाथाको सफल आरोहण गरेका हुन् ।
‘भारतीय सेनाको रजत जयन्ती सगरमाथा आरोहण टोलीलाई आज बिहान, २७ मे २०२५ मा सगरमाथा (८,८४८.८६ मिटर) को शिखरमा सफलतापूर्वक पुग्न सफल भएकोमा बधाई छ, उक्त अभियानको नेतृत्व लेफ्टिनेन्ट कर्णेल मनोज जोशीले गरेका थिए भने महानायक कामीरिता शेर्पाले टोलीको प्रमुख सरदार (लीड गाईड) को रूपमा सेवा गरेका थिए’ सेभेन सुमिट ट्रेकले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।
आज सफल आरोहण गर्ने भारतीय सैनिकको टोली
१. लेफ्टिनेन्ट कर्नल भानु पाठक
२. महक मेहता
३. अनिरुद्ध यादव
४. कृष्णबहादुर कुँवर
५.तासी इस्तम्बा
६. इन्द्रसिंह अधिकारी
७. सुनिल सिंह
८. अर्जुन थापा मगर
९. शंकरनाथ गोस्वामी
१०. सुनिल बुढालकोटी
११. कुन्दन सिंह
१२. टुन्डुप नामगेल
१३. रघुवीर सिंह
१४. अर्गेन पद्मा
१५. दीपक सिंह
१६. रिग्जेन नुरबू
१७. त्सेवाङ मोटअप
१८. बलवंत सिंह
१९. भुवन आले मगर
२०. प्रदीप सिंह
२१. धर्मेन्द्र सिंह
२२. किरण बहादुर कुँवर
मुख्य मार्गदर्शकः
कामीरिता शेर्पा (३१ औं सगरमाथा शिखर)
दावा फिन्जो लामा (गाइड)
‘हामी आरोहीहरूको समर्पण, लगनशीलता र टोली भावनाको लागि प्रशंसा गर्दछौं, र सुरक्षित र राम्रोसँग समन्वयित आरोहण सुनिश्चित गर्नका लागि सम्पूर्ण चालक दललाई हार्दिक धन्यवाद दिन्छौं,’ उसले फेसबुक पेजमा लेखेको छ, ‘या उल्लेखनीय उपलब्धिले नेपाल–भारत पर्वतारोहण मित्रताको स्थायी शक्तिलाई पुनः प्रतिबिम्बित गर्दछ। यो सगरमाथा आरोहणले सगरमाथामा पहिलो भारतीय सेनाको अभियानको रजत जयन्ती पनि मनाइएको छ ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com