काठमाडौं । प्यासिफिक एशिया ट्राभल एसोसिएशन (पाटा) ले नेपालका धेरैजसो पर्यटकीय क्षेत्र पूर्णरूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ । रसुवामा बाढी–पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिङ्गो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रममा नपर्न अपील गरेको हो ।
भदौ १० गते आएको बाढी मुख्यतः भोटेकोशी र त्रिशूली नदी आसपासका सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ ।
अहिले काठमाण्डौ उपत्यका, पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका मुख्य पर्यटकीय गन्तव्यहरू पूर्णरूपमा सहज र सुरक्षित अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित सञ्चालनमा रहेका छन् ।
प्राकृतिक विपद्को खबरले पर्यटकहरूमाझ डर र अन्योल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाइ छ ।
पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमणसमेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यलाई नेपालसम्बन्धी वेबसाइट, ट्राभल एड्भाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न आग्रह गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com