काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवालाई नेतृत्व विकास, उद्यमशिलता, स्टार्ट अपमार्फत जीविकोपार्जनसँग जोड्न र जनकल्याणकारी कार्यमा संलग्न गराउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ । बुधवार ललितपुरमा आयोजित नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास २०२५ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘मोबाइल, उपकरण, डिजिटल प्लेटफर्म र आर्टिफिसिय इन्टलिजेन्समा भएको तीव्र विकास युवा वर्गको सृजना र लगाव मार्फत संभव भएको हो।यसले पारेको आर्थिक, सामाजिक र वातावरणीय आयामहरूमा गहिरो प्रभावलाई तपाई युवाले सहजै आत्मासात गर्न सक्नु हुन्छ र बिकल्पको खोजी गर्न पनि सक्नुहुन्छ।अत युगको नायक युवा नै हो तपाईहरू नै हो भन्ने हाम्रो बुझाई छ,’ उहाँले भन्नुभयो ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले नेपाली युवाहरुलाई विश्वमञ्चमा नेतृत्वदायी भूमिकामा पुगेको देख्न चाहेको भन्दै युवाले नै देश बनाउने बताउनुभयो । युवासँग सृजनाको मुहान छ । साहसिला पनि युवा नै हुन्छन्। त्यसैले युवा सहभागीतालाई विश्वले निक्कै महत्व दिएको पाइन्छ।हामी पनि हाम्रा युवालाई विश्व मञ्चका प्राविधिक, आर्थिक, राजनीतिक, पर्यावरणीय तथा सांस्कृतिक क्षेत्रमा नेतृत्वदायी पङ्तीमा पुगेको देख्न चाहन्छौं,’ उहाँले भन्नुभयो ।
त्यस्तै, उपप्धानमन्त्री सिंहले अहिले देशले इतिहासमै सबैभन्दा बढी युवाहरुको भूमिका खोजिरहेको पनि बताउनुभयो । नेपाल सरकारको तर्फबाट गर्नुपर्ने र गर्न सकिने कामहरूका लागि सरकारलाई सुझाव दिनका लागि पनि आग्रह गर्नुभयो । ‘हामी लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नागरिक हौं। हामी सबै मिलेर गणतन्त्रात्मक राज्य व्यवस्थालाई सुदृढ गर्दै पारदर्शी प्रशासनका लागि आवश्यक प्राविधिक ज्ञान, सिप र दक्षतालाई अङ्गिकार गर्न तयार छौं,’ उहाँले भन्नुभयो,‘ सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक बन्न सक्छन्।
वर्तमान अवस्थामा हिमालको काखमा अवस्थित हाम्रो सुन्दर भूमि आन्तरिक र बाह्य बसाईसराईको अस्वभाविक प्रवृतिले रित्तिदों अवस्थामा रहेको छ। इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले तपाई युवाको साथ खोजिरहेको छ। सुन्दर र शान्त यो भूमिले खोजेको साथलाई यहाँहरूले पक्कै छाडेर हिड्नु हुने छैन भन्ने विश्वास रहेको छ।’
युवालाई नेतृत्व विकास, उद्यमशिलता, स्टार्ट अपमार्फत जीविकोपार्जनसँग जोड्न र जनकल्याणकारी कार्यमा संलग्न गराउन सरकार कटिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com