Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेध आदेश जारी

नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेध आदेश जारी

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेध आदेश जारी गरेको छ। आज (शनिबार) देखि असार २४ गतेसम्मका लागि निषेध आदेश जारी गरिएको हो। केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म निषेध आदेश जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने उल्लेख छ।राजावादीहरूले शनिबार नारायणहिटी दरबार संग्रहालय अगाडि विरोध प्रदर्शन गर्ने जानकारी पाएपछि निषेध आदेश जारी गरिएको हो।

aadesh-narayanhiti.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार