काभ्रेपलाञ्चोक । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ‘बुद्धिमानीपूर्वक खर्च गर्नुहोस्, भोलि राम्रो हुनेछ’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम गरी ‘ग्लोबल मनी वीक २०२५’ मनाएको छ ।
संस्थाले चैत्र ४ गतेदेखि १० गतेसम्म विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका र युवाहरुलाई लक्षित गरी ‘विद्यालयमा बुसा’ कार्यक्रममार्फत ३३१ जनालाई वित्तीय सारक्षता प्रदान गरेको छ । कार्यक्रममार्फत बालबालिका, किशोरकिशोरीहरू र युवाहरूलाई संस्थाले श्रव्य दृश्य सामग्रीको प्रस्तुतीमार्फत वित्तीय बजार, वित्तीय संस्था र यसका प्रकारहरु, बचतको महत्व, पैसाको प्रयोग, ऋणको परिचय, व्यक्तिगत बजेट निर्माण, सहकारीको परिचय, जंक फुडको प्रयोग र यसले पार्ने नकारात्मक असर लगायतका विषयमा प्रशिक्षण गराएको थियो ।
संस्थाको व्यवस्थापनमा सञ्चालित कार्यक्रममा श्री पूर्ण सञ्जिवनी लंखनामाई धुलिखेलको कक्षा ११ र १२ मा अध्ययनरत ३६ जना, ए।बि।एम स्कुल बनेपाको कक्षा ११ मा अध्ययनरत ६५ जना, प्रगति प्रभात स्कुल बनेपाको कक्षा ११ मा अध्ययनरत ५६ जना, सिद्धार्थ मा।वि। बनेपाको कक्षा ११ मा अध्ययनरत ५१ जना, श्री पञ्चकन्या आधारभूत विद्यालय धुलिखेलको कक्षा ६, ७ र ८ मा अध्ययनरत ४५ जना, निस्ट स्कूल बनेपाको कक्षा ११ मा अध्ययनरत ५० जना र संस्थाको मुख्य कार्यालयको सभाहलमा २८ जना युवाहरुमाझ गरेको कार्यक्रमबाट समेत गरी जम्मा ३३१ जना विद्यार्थीहरुको सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रम पश्चात् व्यवहारिक शिक्षाको माध्यमबाट विद्यार्थीहरुलाई पैसाको व्यवस्थापन गर्न सिकाएको, कार्यक्रम प्रभावकारी भएको र आगामी दिनहरुमा निरन्तरता दिन सुझाव आएको थियो ।
बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठनको संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी वीक विश्वभर मनाउने गरिएको छ । यसै सन्दर्भ पारेर बुडोल सामुदायिक साकोसले वित्तीय सारक्षता सम्बन्धी विभिन्न कार्यक्रम गर्दै हरेक वर्ष ग्लोबल मनी विक मनाउँदै आएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com