ललितपुर, जेष्ठ २३ । नेपाल स्क्वाश एकेडेमी, सतदोबाटोमा जारी प्रथम बागमती प्रेसिडेण्ट स्क्वाश कप-२०८२ अन्तर्गत आज विभिन्न विधाका खेलहरू सम्पन्न भएका छन्। आज सम्पन्न प्रतियोगितामा गर्ल्स जुनियर तर्फ रेनसा महर्जनले उत्कृष्ट खेल प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरिन्। प्रतिस्पर्धामा उनलाई पछ्याउँदै रचना प्रजा दोस्रो स्थान, नियुक्ति श्रेष्ठ तेस्रो र प्रतिक्षा प्रजाले चौथो स्थान प्राप्त गरिन्।
त्यस्तै, नवप्रवेशी (नोभिस) गल्स विधा तर्फ डोल्मा तामाङ विजेता बनिन् भने अलिशा प्रजा दोस्रो, आरोही महर्जन तेस्रो र दीपिका महत चौथो स्थानमा रहिन्। क्रमश: नवप्रवेशी ब्वाइज (नोभिस ब्वाइज) समूहमा हेलिश घिसिङले पहिलो स्थान हासिल गरे। रेजन महर्जन दोस्रो, स्वयम श्रेष्ठ तेस्रो र क्रिश श्रेष्ठ चौथो स्थानमा रहे। आज सम्पन्न सेमिफाइनल खेलमा पुरुष खुल्ला तर्फ राकेश परियारले तेस्रो स्थान र प्रज्वोलले चौथो स्थान प्राप्त गरेका छन्।
महिला खुल्ला तर्फ अस्मिता नगरकोटी तेस्रो र शाक्षी सुनुवार चौथो स्थानमा सीमित भइन्। आयोजक बागमती स्क्वाश र्याकेट्स संघका महासचिव शैलेश अमात्यका अनुसार, प्रतियोगिताबाट छानिएका शीर्ष खेलाडीहरू आगामी १३औं राष्ट्रिय स्क्वाश च्याम्पियनसिप २०८२ का लागि सिफारिस गरिनेछ। संघका केन्द्रीय सचिव महेन्द्रलाल महर्जनका अनुसार शनिबार पुरुष र महिला दुबै तर्फको फाइनल खेल पश्चात पुरस्कार वितरण तथा समापन समारोह सम्पन्न हुनेछ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com