Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
फ्रेन्च ओपन टेनिस

फ्रेन्च ओपन टेनिसको महिला एकलको उपाधि गौफलाई

फ्रेन्च ओपन टेनिसको महिला एकलको उपाधि गौफलाई

एजेन्सी । फ्रेन्च ओपन टेनिसको महिला एकलको उपाधि अमेरिकी खेलाडी कोको गौफले जितेकी छन् । उनले रोलान्ड ग्यारोसमा भएको फाइनलमा बेलारुसकी नम्बर एक खेलाडी आर्यन सबालेन्कालाई तीन सेट चलेको खेलमा पराजित गरिन् ।

पहिलो सेट गुमाएयता २१ वर्षीया गौफले उत्कृष्ट पुनरागमन रचिन् । उनले खेल ६–७ (७/५), ६–२, ६–४ ले खेल आफ्नो पक्षमा पारिन् । पहिलो सेट गुमाएपछि गौफले लय समातेकी थिइन् । उनले फ्रेन्च ओपनको उपाधि जितेको यो पहिलो पटक हो । गौफको समग्रमा ग्रान्ड स्लाम उपाधि जित यो दोस्रो पटक हो ।

यसअघि उनले सन् २०२३ मा यूएस ओपन जितेकी थिइन् । त्यतिबेला पनि गौफले फाइनलमा २७ वर्षीया सबालेन्कालाई नै पराजित गरेकी थिइन् । सन् २०२२ मा गौफले पहिलो पटक फ्रेन्च ओपनको फाइनल यात्रा तय गरेकी थिइन् । तर, उपाधि भिडन्तमा तत्कालीन नम्बर एक खेलाडी पोल्यान्डकी इगा स्वाटेकसँग हारेकी थिइन् । स्वाटेकले लगातार तीन वर्ष फ्रेन्च ओपन जित्दै उपाधिमा ह्याट्रिक गरिन् । स्वाटेक २०२० की पनि विजेता थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार