Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेयमारलाई कोरोना संक्रमण

नेयमारलाई कोरोना संक्रमण

एजेन्सी । ब्रजिलियन फुटबल स्टार नेयमार जुनियर कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका छन् । उनको बाल्यकालको क्लब सान्तोस एफसील एक विज्ञप्ति जारी गर्दै नेइमार कोभिड पोजेटिभ भएको पुष्टि गरेको हो ।

सान्तोसले विज्ञप्तिमार्फत ‘नेयमार जुनियरमा बिहीबारदेखि भाइरल लक्षण देखिन थालेपछि प्रयोगशालामा परीक्षण गरिएको उल्लेख गर्दै सान्तोसको मेडिकल विभागको परीक्षणपछि उनलाई कोभिड–१९ संक्रमण भएको पुष्टि भएको भनेको छ ।

क्लबका अनुसार नेयमार बिहीबारदेखि नै सबै फुटबल गतिविधिबाट टाढा छन् र अहिले घरमै विश्राम गरिरहेका छन् । उनलाई लक्षणअनुसारको उपचार दिइँदैछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार