Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

'नेपाल म्याङ्गो फेस्ट– २०२५' आयोजना हुँदै

'नेपाल म्याङ्गो फेस्ट– २०२५' आयोजना हुँदै

काठमाडौं । नेपालको आँपको बजारीकरण र प्रवर्द्धनका लागि नेपाल म्याङ्गो फेस्ट– २०२५ आयोजना हुँदैछ । तीन दिन सम्म चल्ने फेस्टिभलमा नेपाली स्वाद, रङ र आप संस्कृतिको अनुपम संगम अनुभव गर्न सकिने छ। 

तराई मधेशमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्द्धन गर्नका लागि आयोजित यो विशेष उत्सवको औपचारिक उद्घाटन असार १३ गते दिउँसो १ बजे हुँदै छ। वालनट बिस्ट्रो, लाजिम्पाट, काठमाडौंमा आयोजना हुने उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथि रहनुहुनेछ ।

यस उत्सवको आयोजना काठमाडौं अर्गानिक्स, एग्रि नेपाल, अर्थियर एप र यूबी होल्डिड्स को सहकार्यमा गरिएको हो। फेस्टिभलको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य शृंखला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको बताइएको छ। 

कार्यक्रममा १० भन्दा बढी प्रजातिका आँप, प्रत्यक्ष किसानबाट माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया किनमेल गर्न मिल्ने, २० भन्दा बढी आँप समावेश गरिएका परिकारहरु रहेका छन्।

३ दिनसम्म चल्ने म्याङ्गो फेस्टिभल लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सिखेलको वाटरिङ होलमा हुनेछ। यी तीनवटै रेस्टुरेन्टहरुले विशेष म्याङ्गो मेनुहरू र रेसिपीहरू प्रस्तुत गर्दै फेस्टिभललाई भव्य बनाउने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार