Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
विद्यालय स्तर राष्ट्रव्यापी चेस प्रतियोगिता

मदन स्मृति नेकोस चेसमा डिएभि स्कूल अगाडि

मदन स्मृति नेकोस चेसमा डिएभि स्कूल अगाडि

१३ असार, काठमाडौँ। राष्ट्रिय बुद्धिचाल सङ्घ र हेटौंडा चेस क्लबद्वारा संयुक्त आयोजना गरिएको मदन स्मृति नेकोस यु-१५ विद्यालय स्तर राष्ट्रव्यापी चेस प्रतियोगिता शुरु भएको छ।  तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रबार सम्पन्न ४ चरणको प्रतिस्पर्धामा डिएभि स्कुल धोबीघाट, नाइटिङ्गेल ईन्टरनेसनल स्कुल कुपण्डोल, ईन्टरनेसनल पब्लिक स्कुल महेन्द्रनगर, कञ्चनपुर र सूर्योदय बोर्डिङ स्कुल काठमाडौँ अगाडि रहन सफल बनेका छन्।

राष्ट्रब्यापी बिद्यालय स्तर चेस खेलमा डिएभि स्कूलका १६१४ रेटेड हर्षवर्धन राठी, नाइटिङ्गेल स्कुलका अनरेटेड सुभनदीप थापा, इन्टरनेसनल स्कुलका १७३५ रेटेड सार्थक पन्त र सूर्योदय स्कुलका १६२५ रेटेड अग्रिम सैंजुले शतप्रतिसशत जित निकाल्दै संयुक्तरुपमा अग्रता लिएका छन्।  दुईदिन चल्ने यस प्रतियोगितामा बानेश्वरका प्रज्ञाकुञ्ज स्कुल, बुढानीलकण्ठका इम्पेरियल वर्ल्ड स्कुल, कीर्तिपुरका पुष्प सदन बोर्डिङ स्कुल, बसुन्धरा नेशनल एकेडेमी र दथुलँ, ललितपुरका त्रियुगा लिटिल फ्लावर सेकेन्डरी स्कुल संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन्।

प्रज्ञा कुञ्जका १६४७ रेटेड कसिभ कार्की, इम्पेरियलका अनरेटेड अग्रता आचार्य, पुष्प सदनका १५४६ रेटेड हार्दिक पन्त, वसुन्धराका १६९९ रेटेड अविन पाण्डे र त्रियुगका अनरेटेड हृदय बस्नेतले ३.५ अंक जोड्न सफल भएका छन्। स्पर्धामा १२० जना विद्यार्थीहरूको सहभागिता रहेको छ भने बाँकीका चार खेल भोलि शनिबार सम्पन्न हुनेछन्।

सेमी क्लासिकल ३० मिनेट प्लस ३० सेकेन्ड इन्क्रिजमेन्ट, स्विस लिग प्रणालीको बुद्धिचाल खेलमा जोड दिइरहेको सभा अध्यक्ष धर्मबहादुर लामाले बताए। यसअघि प्रतियोगिताको उद्घाटन नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हिराकाजी महर्जनले गरेका थिए। कार्यक्रममा महासंघका कोषाध्यक्ष ताराबहादुर राणाभाट, सचिवालय सदस्य बालाराम पुन, प्रतिष्ठानका सचिव विष्णु पोखरेल, नेकोस मधेस प्रदेशका उपाध्यक्ष निशेष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

63df36e5-981e-4353-8199-97bfbb9ebbcc.jpeg
undefined
5d73fd40-93b1-4b18-90d4-4f0840d14c77.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार