काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले अब अमेरिकी भूमिमा जन्मेका सबैलाई नागरिकता नदिन बाटो खोलिदिएको छ । न्यायाधीश एमी कोनी ब्यारेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकतामा अझै व्यापक रोक लगाउन राज्यहरूका लागि ढोका खोलिदिनुभएको हो । अमेरिकी सर्वोच्च अदालतले जन्ममा आधारित नागरिकताको विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा महत्वपूर्ण फैसला सुनाएको हो ।
सर्वोच्चले भनेको छ, “तल्लो अदालतका न्यायाधीशहरूले देशभर राष्ट्रपतिको जन्ममा आधारित नागरिकता आदेशलाई रोक्न सक्दैनन् । उनीहरूले आफ्नो आदेशमा पुनर्विचार गर्नुपर्छ ।”
राष्ट्रपति ट्रम्पले अदालतको आदेशले जन्मका आधारमा पाइने नागरिकताको छलमाथि अप्रत्यक्ष रूपमा, कडा प्रहार भएको बताउँदै उहाँले त्यस निर्णयले आप्रवासन प्रक्रियाको घोटाला रोक्ने दाबी गर्नुभयो । महान्यायाधिवक्ता पाम बोन्डीले अमेरिकाले जन्मका आधारमा दिइने नागरिकताको व्यवस्था अन्त्य गर्ने वा कायमै राख्ने विषयमा सर्वोच्च अदालतले अक्टोबरमा निर्णय गर्ने जानकारी दिनुभयो ।
अमेरिकामा जन्मिएका कुनै पनि नागरिक स्वतः त्यहाँको नागरिक हुने व्यवस्थाविरुद्ध ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै रोक लगाउनुभएको थियो । सो निर्णयलाई तल्लो अदालतका न्यायाधीशले रोक लगाएका थिए । अब राष्ट्रपति ट्रम्पको आदेश ३० दिनपछि लागु हुने छ । ट्रम्पले यो फैसला शानदार भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । ट्रम्पले भन्नुभएको छ, ‘गएको घन्टा अत्यन्तै सानदार रह्यो। अब हामी ती नीतिहरू लागु गर्न अगाडि बढ्न सक्छौं, जुन गलत रूपमा रोकिन पुगेका थिए। ‘यो फैसला संविधान र कानुनको जित हो। अब म आफ्ना नीतिहरू कार्यान्वयन गर्न तीव्र गतिमा अघि बढ्नेछु।’
ट्रम्पले आफ्नो शपथ ग्रहणको दिन जनवरी २० मा एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाएका थिए । केही दिनपछि संघीय अदालतले ट्रम्पको जन्मसिद्ध नागरिकता अधिकार समाप्त गर्ने निर्णयलाई १४ दिनको लागि रोक लगाएको थियो ।
ट्रम्पले ‘प्रोटेक्टिङ द मिनिङ एण्ड भ्यालु अफ अमेरिकन सिटिजन’ नामक कार्यकारी आदेशमार्फत जन्मसिद्ध नागरिकताको कानुनमा संशोधन गरेका थिए । उक्त आदेशअनुसार अब आमा अवैध रूपमा अमेरिकामा बसोवास गरिरहेको अवस्थामा उनले अमेरिकामा जन्माएको बच्चाले अमेरिकी नागरिकता पाउनेछैन, आमाको अमेरिकी बसाइ वैध भए पनि उनी अस्थायी अनुमतिमा बसिरहेको अवस्थामा जन्मिएको बच्चाले पनि नागरिकता पाउनेछैनन् र बच्चाको जन्म समयमा बाबु अमेरिकी नागरिक वा वैध स्थायी निवासी होइनन् भने पनि बच्चाले अमेरिकी नागरिकता पाउनेछैनन् ।
अमेरिकी संविधानको १४औं संशोधनले जन्मका आधारमा नागरिकताको अधिकार दिएको छ। यही संशोधनअन्तर्गत अमेरिकाभित्र बसोबास गरिरहेका आप्रवासीहरूका सन्तानलाई पनि नागरिकताको अधिकार मिल्दै आएको छ। सन् १८६५ मा अमेरिकी गृहयुद्ध समाप्त भएपछि जुलाई १८६८ मा अमेरिकी संसदले संविधानको १४औं संशोधन पारित गरेको थियो । यसमा भनिएको छ, ‘अमेरिकामा जन्मिएका सबै व्यक्ति नागरिक हुन्।’ यसको मुख्य उद्देश्य त्यतिबेलाका दास बनाइएका अश्वेतहरूलाई नागरिकता दिनु थियो।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com