Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
संसद् दिवस, २०८२

संसद् वादविवाद नभई संवादको थलो बन्नुपर्दछ : सभामुख घिमिरे

संसद् वादविवाद नभई संवादको थलो बन्नुपर्दछ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्‍मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गर्नुभएको छ । 

संसद् दिवस, २०८२ को अवसरमा आज (सोमबार) शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार प्रकट गर्नुभयो । नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद् दिवस मनाइन्छ । 

आज लोकतन्त्र, संविधानवाद, जनताको अधिकार तथा जनताप्रति जनप्रतिनिधिको उत्तरदायित्वको स्मरण गर्ने दिन पनि भएको सभामुख घिमिरेको भनाइ छ ।

संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक प्रमुख संस्था भएको उल्लेख गर्दै उनले लोकतन्त्रको मूल आत्मा जनताको सहभागितामा निहित भएको बताउनुभयो ।

सन्देशमा भनिएको छ, ‘शासन व्यवस्थामा नीति निर्माण, कानुन निर्माण तथा कार्यान्वयनको प्रभावकारी निगरानी जस्ता महत्त्वपूर्ण कार्य संसद्मार्फत सम्पन्न गरिन्छ, संसद्ले व्यवस्थापकीय कार्यविधिको माध्यमबाट जनताको अभिमतअनुरूप नीति र कानुन सुनिश्चित गर्दछ।’

उहाँले जनताको स्वीकृति बिना कर नलगाइने भन्ने लोकतान्त्रिक सिद्धान्तको सम्मान गर्दै संविधानले करसम्बन्धी सबै प्रस्तावहरू सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मर्म नै संवाद, सहकार्य र सहमति भएको जनाउँदै विविध राजनीतिक दलहरूबिच विचार, दृष्टिकोण र प्राथमिकताहरू फरक–फरक भए तापनि साझा राष्ट्रिय सरोकारका विषयमा दलीय सहमति आवश्यक र अपरिहार्य भएको धारणा सार्वजनिक गर्नुभएको छ। संसद् वादविवादको नभएर संवादको थलो बन्नुपर्ने सभामुखको भनाइ छ।

संसद् दिवसको ऐतिहासिक अवसरमा संसदीय लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सभामुख घिमिरेले राजनीतिक योद्धाको योगदानको स्मरण पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार