काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको थलीमा हस्ताक्षर अभियान सञ्चालन गरेको छ । रास्वपाले कागेश्वरी मनोहरा नगरपालिका अगाडि ऐक्यबद्धता डेस्क सञ्चालन गरेको छ । बिहान ७ बजेबाट शुरु भएको अभियान बेलुकी ५ बजेसम्म सञ्चालन हुने भन्दै रास्वापाले हस्ताक्षर अभियानमा साथ दिन स्थानीयबासीहरुलाई माइकिङ गर्दै आग्रह गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकाका ९ वटै वडामा र्याली र हस्ताक्षर अभियान सञ्चालन गरिने जानकारी गराइएको थियो । रास्वपाले काठमाडौंसँगै विभिन्न जिल्लाहरुमा पनि हस्ताक्षर अभियानका लागि ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन गर्दै आएको छ।
रास्वपाले सभापति लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै सोको विरोधमा जनताको हस्ताक्षर अभियान सुरु गरेको हो । सहकारी ठगी प्रकरणमा जेलमा रहेका रविको समर्थनका लागि उनीहरूले हस्ताक्षर अभियान चलाएका हुन्। आज पनि काठमाडौं लगायत मुलुकका विभिन्न ठाउँमा ऐक्यबद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले जानकारी दिएको छ।



Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com