१७, आषाढ २०८२, बागलुङ । सहकारी रजिष्ट्रार कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना तथा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको सहकार्यमा एक दिने अभिमुखीकरण गोष्ठी बागलुङ बजारमा सम्पन्न भएको छ ।
सहकारी ऐन, नियम तथा सहकारी क्षेत्रका समसामयिक विषयवस्तुमा केन्द्रित उक्त गोष्ठिमा जिल्लामा क्रियाशील विभिन्न विषयका सहकारी संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अमर बहादुर थापाले गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले पछिल्लो समयमा बागलुङका इमेज र शिवशिखर सहकारी संस्थाका गतिविधिहरूले जिल्लाको समग्र सहकारी अभियानको उत्साहमा नकारात्मक असर परेको उल्लेख गर्नुभयो । उहाँले सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरूले कानुन बमोजिम जिम्मेवारीपूर्वक कार्य गरेमा यस्ता समस्या नआउने स्पष्ट पार्दै यस्ता घटनाबाट अन्य सहकारी संस्थाहरूले पाठ सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । साथै, उहाँले सहकारी संस्थाहरू केवल बचत र ऋणको कारोबारमा सीमित नरही उत्पादनशील क्षेत्रमा लगानी बढाएर सहकारीको दिगोपनालाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ, बागलुङकी अध्यक्ष हुमा कुमारी जि.सी. र जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव श्री अर्जुनप्रसाद कँडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
गोष्ठिका क्रममा सहकारी रजिष्ट्रार कार्यालय, गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले “सम्पत्ति शुद्धीकरण र सहकारी” सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले “सहकारी संस्थाको प्रभावकारितामा सञ्चालक तथा व्यवस्थापनको भूमिका” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
त्यसैगरी, सहकारी ऐन, नियम तथा मापदण्डमा भएका परिमार्जनबारे सहकारी रजिष्ट्रार कार्यालयका शाखा अधिकृत ईश्वरी ढकालले प्रस्तुति दिनुभयो भने गण्डकी प्रदेशका सहकारीको समग्र अवस्थाबारे तथ्याङ्क अधिकृत श्री सुर्य आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्र प्रस्तुतिपछि छलफलको क्रममा सहभागीहरूले पछिल्लो समयमा सहकारी संस्थाहरूलाई लक्षित गरी जारी गरिएका विभिन्न मापदण्ड तथा नीतिहरू सहकारी ऐनसँग बाझिने खालका भएको र सहकारीको प्रवद्र्धनभन्दा पनि संस्थालाई सीमित दायरामा मात्र राख्ने प्रयास गरेको जस्ता विषयमा जिज्ञासा व्यक्त गरेका थिए ।
सहभागीहरूद्वारा उठाइएका जिज्ञासाहरू र चिन्ताहरूको जवाफ दिंदै रजिष्ट्रार कार्यालय, गण्डकी प्रदेशका रजिष्ट्रार रिजालले सहकारी क्षेत्रको पारदर्शिता, दिगोपन र सुशासन सुनिश्चित गर्नका लागि मापदण्डहरू आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले हालको बदलिँदो आर्थिक परिवेश, वित्तीय क्षेत्रको संवेदनशीलता, तथा सदस्यको हित संरक्षण गर्ने उद्देश्यले नियमनकारी निकायले केहि कडाइहरू ल्याउनु परेको बताउनु् भयो ।
रिजालले सहकारी संस्थाहरूले ऐन, नियम र निर्देशिकाको गहिरो अध्ययन गरी व्यावहारिक कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव पनि दिनुभयो ।
कार्यक्रमले सहभागी संस्थाहरूलाई कानुनी जानकारीसहित सहकारी प्रणालीलाई अझ व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने दिशामा मार्गदर्शन गरेको आयोजकको भनाइ छ । कार्यक्रममा
जिल्लाका ४४ वटा सहकारी संस्थाका ८५ जनाको सहभागिता रहेको थियो । कार्यक्रम रजिष्टार कार्यालयका रजिष्टार रिजालको अध्यक्षता, शाखा अधिकृत ईश्वरी ढकालको स्वागत र अधिकृत तुलसीप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com