काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्र सुधार गर्न नसकिने बताउनुभएको छ । चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले अहिले मुलुकको राजनीति विकृत भइसकेको बताउँदै राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने उल्लेख गर्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा लागिपरेको पनि बताउनुभयो । भट्टराईले राजनीति सुधार भएपछि ऐन कानून र संविधानमा सुधार गर्न सकिने जिकिर गर्नुभयो । एक अर्को प्रसङ्गमा उहाँले शिक्षा क्षेत्रबाट निजी क्षेत्रलाई अलग्गाउन नसकिने उल्लेख गर्दै उनले निजी क्षेत्रसँग मिलेर शिक्षा क्षेत्रको सुधार गर्नुपर्नेमा विशेष जोड दिुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com