Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
सुक्खाग्रस्त क्षेत्र घोषणा

मधेश प्रदेश सरकारले खानेपानी संकट समाधान गर्न संघलाई आग्रह गर्ने

मधेश प्रदेश सरकारले खानेपानी संकट समाधान गर्न संघलाई आग्रह गर्ने

काठमाडौं । वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्था दृष्टीगत गर्दै मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो। बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ। यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकार आह्वान गरिएको छ।

यसैगरी‍, मन्त्रिपरिषद्को बैठकले पर्साको वीरगन्जसहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोतसाधन परिचालन गर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार