Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

संसद्‌मा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

संसद्‌मा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौँ । प्रतिनिधि सभाको अब बस्ने बैठकमा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ७ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराउनुभएको हो । प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयमा सांसदहरूले प्रश्न सोध्न सक्नेछन्।

प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ। समूह दशमा रहेका सांसदहरूले यही साउन २ गते दिउँसो १ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न बुझाउनसमेत सभामुख घिमिरेले आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार