काठमाडौँ । मुलुकको सहकारी क्षेत्रको प्रविधिकरणको प्रयासलाई ‘रेभोलुशनाइज’ गर्न सफल मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटफर्म कम्पनी एमबैंकले एक दशक लामो यात्रा पूरा गरेको छ ।
कम्पनीले १० औं वार्षिकोत्सव सम्मको यो यात्रालाई माइलस्टोनको संज्ञा दिदैं सेवाग्राही एवम् सरोकारवालाहरुप्रति कृतज्ञता व्यक्त गरेको छ । साथै उसले भविष्यको दुरगामी सहयात्रामा सबैको साथ, सहयोग र समन्वय प्राप्त हुने विश्वास समेत व्यक्त गरेको छ ।
आज सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै एम बैंकका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठले लेख्नुभएको छ, ‘सपना, आशा र आँटसहितको विचारले आज यो आकार ग्रहण गरेको छ ।’ उहाँले शुरुवाती दिनको संघर्ष र रोमाञ्चकता स्मरण गर्दै यो यात्रा सपनाको रुपमा शुरु भएको बताउनुभएको छ । ‘आशा र आँट मिसिएको एउटा विचार थियो । सपना थियो । तर, त्यो सपना र विचारले आज यो आकार ग्रहण गर्छ भन्ने मैले कहिल्यै सोचेको पनि थिइनँ, 'उहाँले लेख्नुभएको छ, ‘यो यात्रा पक्कै सफल थिएन । सफलताको लागि कडा परिश्रम र मिहेनत माग गर्ने जुनसुकै व्यवसाय जस्तै एम बैंकको पनि यो दशक लामो यात्रा पक्कै सहज थिएन ।’
संस्थापक महासेठ लेख्नुहुन्छ, ‘महिनौंका आशंकाहरु थिए, 'अनिदो रातहरु थिए, जोखिमहरु थिए, आरोह अवरोहरु थिए जसले मलाई एक किसिमको भय र त्रास पनि मनमा नजगाएको होइन । तर, आँटेको कामलाई फत्ते गरेरै छोड्ने तीब्र लगाव र धैर्यताले हामीलाई अघि बढाइरह्यो । मानिसहरुले हामीलाई विश्वास गर्नुभयो । त्यसैकारण हाम्रो मिहेनत र मानिसहरुको विश्वासले हामीले यहाँसम्मको यात्रा तय गर्न सक्षम भएका छौं ।’
उहाँले अगाडि लेख्नुभएको छ, ‘मेरो टीम मेरो कम्पनीको आत्मा हो । अनिश्चितताको कालो बादल मडारिरहँदा पनि हाम्रो परिकल्पनालाई विश्वास गर्ने मेरो टीमप्रति कृतज्ञता व्यक्त गर्दछु । तपाईहरुको साथले चुनौतीहरुलाई अवसरमा बदल्दै हामी आजको अवस्थामा आइपुग्न सफल भएका छौं ।’
एमबैंकमार्फत सहकारीका सदस्यलाई आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्सफर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी लिन, फोन, नेट, टिभी, रिचार्ज गर्न, डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको बिल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट, होटल बुक गर्न, क्यु आर भुक्तानी गर्ने, विभिन्न सरकारी सेवाको भुक्तानी गर्ने लगायतका अरु विभिन्न सेवाहरु सहजै लिन सक्नेछन् । यसैगरी यस अवसरमा उहाँले आफ्ना साथी सहयोगीहरुसँगै सेवाग्राहीहरुलाई पनि धन्यवाद व्यक्त गर्नुभएको छ ।
दशक लामो माइलस्टोन केवल शुरुवात मात्र भएको भन्दै महासेठले अझै लामो यात्रा गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘यो १० वर्षको माइलस्टोन अन्त्य होइन, नयाँ शुरुवात हो । हामी अझै बलियो, बुद्धिमान र प्रतिबद्ध बनेको छौं जसले थप मुल्य, उद्देश्यहरुसँग संस्थागत वृद्धि जोड्दै सकारात्मक असर ल्याउने विश्वास गर्न सकिन्छ ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com