Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कागेश्वरी मनोहरा नगरले गर्यो गत आर्थिक वर्षको समीक्षा

कागेश्वरी मनोहरा नगरले गर्यो गत आर्थिक वर्षको समीक्षा

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रम आज गरेको छ । कार्यक्रममा ९ वटै वडाका तर्फबाट वडा सचिव एवम् प्रतिनिधिहरुले आफ्नो वडाको समीक्षात्मक प्रस्तुति गर्नुभएको थियो । यसैगरी, नगरपालिकाका सबै शाखाहरुकातर्फबाट पनि शाखा प्रमुख एवम् कर्मचारी प्रतिनिधिले प्रस्तुतिकरण गर्नुभएको थियो । आजको कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की तथा उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी लगायत जनप्रतिनधिहरुको उपस्थिति रहेको थियो ।

प्रस्तुतीकरणमा आफ्नो वडा तथा शाखाहरुबाट सम्पादन भएका कामहरु, अनुकरणीय सेवाहरु, उपलब्धिहरु, समस्या एवम् चुनौतीहरु तथा तिनको सुझावहरु समावेश गरिएको थियो । प्रस्तुतीकरणको सुझावहरुको संश्लेषणका रुपमा वार्षिक समीक्षाका क्रममा बजेट अभाव, भौतिक पूर्वाधार अभाव, समयमै बजेट निकासा नहुनु, नीति तथा कार्यक्रमहरुसँग बजेटको तारतम्यता, आदि विषयहरु उठाइएका थिए । साथै उक्त उल्झनहरुलाई चालु आर्थिक वर्षमा सुधार गर्दै लानुपर्ने धारणा प्रस्तुतीकरणमा सल्लाह सुझावको रुपमा राखिएको थियो । 

DSC05859_11zon.jpg
उद्घाटन पछि नगरप्रमुख लगायत ।
DSC05872_11zon.jpg
नगरप्रमुख उप्रप्रमुख लगायत सहभागीहरु
DSC05826_11zon.jpg
समीक्षा कार्यक्रमका सहभागीहरु
DSC05870_11zon.jpg
समीक्षा कार्यक्रम 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार