Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा आयोगले ‘शून्य सहनशीलता’ अपनाउने

निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा आयोगले ‘शून्य सहनशीलता’ अपनाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी निवार्चन लक्षित आचारसंहिताको पूर्ण परिपालना गर्न राजनीतिक दल र उमेदवारहरुलाई आग्रह गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको १५ दिने प्रचारप्रसारको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघनका घटनामा आयोगले ‘शून्य सहनशीलता’ अपनाउने स्पष्ट पार्नुभयो ।

आगामी निर्वाचनको कार्यतालिकाअनुसार आजबाट (फागुन ३ गते राति १२ बजेदेखि) १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उमेदवारहरुले निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन्।

उक्त १५ दिनको अवधिमा जुलुस, आमसभा, कोणसभा र सञ्चार माध्यममार्फत सामग्री प्रचार गर्न पाइने व्यवस्था छ। १८ गते राति १२ बजेपछि भने ‘मौन अवधि’ सुरु हुने र कुनै पनि प्रकारको प्रचार गर्न नपाइने भण्डारीले उल्लेख गर्नुभयो ।

आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्ने, दण्ड जरिवाना गर्नेदेखि उम्मेदवारी खारेजीसम्मको कारबाही हुनसक्ने आयोगले चेतावनी दिएको छ ।

उहाँले भन्नुभयो, ‘आचारसंहिता उल्लंघन गरेको ठहर भएमा उम्मेदवारी खारेज हुनसक्छ र ६ वर्षसम्म पुनः कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने गरी आयोगले निर्णय गर्नसक्छ ।’ 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार