Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

राष्ट्रपतिद्वारा सहकारी (पहिलो संशोधन) विधेयक २०८३ प्रमाणीकरण

राष्ट्रपतिद्वारा सहकारी (पहिलो संशोधन) विधेयक २०८३ प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ।

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम निम्न विधेयक प्रमाणीकरण गरिएको हो।

प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ रहेका छन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उक्त विधेयकहरू असार २५ गते प्रमाणीकरण गरिएको उल्लेख छ।

3-25_______________________________________________________________________________IMG_0001.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार