Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

चन्द्रागिरि साकोसले प्राप्त गर्यो ओकूको 'डिजिटल ग्रोथ अवार्ड', नेपालको लागि गौरवपूर्ण उपलब्धि

चन्द्रागिरि साकोसले प्राप्त गर्यो ओकूको 'डिजिटल ग्रोथ अवार्ड', नेपालको लागि गौरवपूर्ण उपलब्धि

काठमाडौं । विश्व ऋण परिषद् (ओकू) को अष्ट्रेलियाको व्यापारिक एवम् वित्तीय राजधानी सिड्नीमा सम्पन्न वार्षिक साधारण सभाबाट प्रविधिको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को सदस्य संस्था चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले डिजिटल ग्रोथ अवार्ड २०२६ प्राप्त गरेको छ । सदस्यलाई प्रविधि सहजतामार्फत सेवाको गुणस्तरीयता र चुस्तता कायम गर्न सफल भएको आधारमा चन्द्रागिरि साकोस पुरस्कृत भएको हो ।

जुलाई २१ अर्थात् आज भएको कार्यक्रमममा ओकूका अध्यक्ष माइकल लरेन्स, प्रमुख कार्यकारी अधिकृत पल ट्रेनिनले चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठलाई पुरस्कार प्रदान गर्नुभएको थियो । वार्षिक साधारणसभाकै छेको पारेर आयोजना गरिएको विश्व क्रेडिट युनियन सम्मेलनको उक्त कार्यक्रममा कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रमुख कार्यकारी अधिकृत डा.सापकोटा पनि उपस्थित हुनुहुन्थ्यो । डिजिटल ग्रोथ अवार्डका लागि ओकूले आवेदन खुल्ला गरेको थियो । नेपालको साकोस अभियानले ओकूमार्फत प्राप्त गरेको यो नै पहिलो सम्मान हो । चन्द्रागिरि साकोसले प्रविधिका क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

WhatsApp Image 2026-07-21 at 13.22.17.jpeg
undefined

यो नेपालको सहकारी अभियानकै लागि गौरवको विषय भएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले सिड्नीबाट धिप्री डटकमलाई बताउनुभयो । 'नेपालको साकोस अभियानकै लागि यो महत्वपूर्ण उपलब्धि हो, 'नेफ्स्कून सिईओको प्रतिक्रिया छ, 'विश्वभरका बचत तथा ऋण सहकारीहरुको छाता संगठन ओकूबाट प्रविधिको क्षेत्रमा काम गर्दै सदस्य सेवालाई उन्नत बनाएकोमा नेपालको बचत तथा ऋण सहकारी पुरस्कृत हुनुले हामी पनि कम छैनौं हो भन्ने सन्देश विश्व मञ्चमार्फत प्रवाहित गर्न सकिएको छ ।'

सहकारी क्षेत्रमा नकारात्मक भाष्यहरु निर्माण भैरहेको परिप्रेक्ष्यमा विश्वस्तरीय मञ्चबाट पुरस्कृत हुँदा यसले समग्र साकोस अभियानलाई नै उत्प्रेरित गर्नेछ । भोलिका दिनमा हामीले पनि सदस्यको विश्वास जित्दै काम गर्दा राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय मञ्चबाट समेत सम्मानित भइन्छ भन्ने सन्देश प्रवाह गर्नेछ । 

WhatsApp Image 2026-07-21 at 13.12.52.jpeg
डिजिटल ग्रोथ अवार्ड २०२६ का साथ चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार