Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'समयभित्रको समय' लोकार्पित

'समयभित्रको समय' लोकार्पित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभाकक्षमा ललितपुरका जाँगरिला पन्ध्र युवाहरूको संयुक्त सहलेखन प्रयास कविता सङ्ग्रह 'समयभित्रको समय' सार्वजनिकीकरण गरिएको छ । महालक्ष्मी साहित्य संस्थाका अध्यक्ष राम पौडेलको सभापतित्वम सम्पन्न कार्यक्रममा पूर्व साँसद तथा विरोधाभाषी कवि नवराज सिल्वालको प्रमुख आमन्त्रित आतिथ्य, मुक्तक गजलकार ज्ञानुवाकर पौडेल, वडाध्यक्ष जयकृष्ण बोगटी, साहित्यकार लक्ष्मी माली, समालोचक रजनी ढकाल, घुम्ती मुक्तकका संस्थापक अध्यक्ष निर्मलरमण पराजुली, कवि बिर्खे अनजान, रोहित कार्की, कलानिधि दाहाल, आदिको विशिष्ट आतिथ्य रहेको थियो । समालोचक रजनी ढकालले कृतिकै बारेमा अन्तर विश्लेषण गर्नुभएको थियो भने अन्य वक्ताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा लोकार्पित कृति समयभित्रको समयका पन्ध्र कविले एक एकवटा कविता वाचन गर्नुभएको थियो । कविहरू कैलाशकुमार मल्ल, मल्ल विरही, गोविन्दबहादुर खड्का, ध्रुवप्रसाद घिमिरे 'दीप', नानीमैय्या अधिकारी, नारायण सिल्वाल, पुष्पराज केसी, रवीन्द्रकुमार थापा, राजाराम राउत, राजेशमान केसी, रुविना राना, लुकन्ती चित्रकार, विनोद खत्री आकाश, शशीधर पोख्रेल, शेखर आचार्य, सञ्जिता राना 'साङ्पाङ्' रहनुभएको थियो । 

493275164_1442700093828663_5207449968835702622_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार