काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सरकारको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सम्हाल्नु हुने भएको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको जानकारी राष्ट्रपति कार्यालयमा पठाइएको छ।
प्रधानमन्त्री शाह आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । भ्रमण टोलीमा मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रो वरीयताका परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुनुहुनेछ । दुवै मन्त्री प्रधानमन्त्रीसँगै विदेश जाने भएपछि मन्त्रिपरिषद्को चौथो वरीयतामा रहेका श्रेष्ठलाई कार्यवाहक जिम्मेवारी दिइएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा शाह राजकीय भ्रमणका लागि भारत जान लागेका हुन्। प्रधानमन्त्रीको पदभार सम्हालेयता उहाँको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हुनेछ।
भारत बसाइका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार भारतीय समकक्षी मोदीसँग दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने तय भएको छ। सोही दिन दुई प्रधानमन्त्रीबीच छुट्टै भेटवार्तासमेत हुनेछ।
दुई दिने भ्रमण पूरा गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com