काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालले यो वर्षको महाकवि देवकोटा पुरस्कार ५ स्रष्टालाई प्रदान गर्ने भएको छ । मन्त्रालयका अनुसार कविता विधामा कास्कीका तीर्थ श्रेष्ठ, निबन्ध विधामा चितवनका लक्ष्मण गौतम, गद्याख्यान नाटकतर्फ काठमाडौंका नारायण ढकाल, बालसाहित्य लोकसाहित्यतर्फ काठमाडौंकै कल्पना प्रधान र भाषा साहित्य सेवातर्फ चितवनका रेशम घिमिरे विरहीलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
मन्त्रालयले यस सम्बन्धमा महाकवि देवकोटा पुरस्कारको मापदण्ड २०६८ अनुरुप बैशाख २३ गते मन्त्रिस्तरीय निर्णय भएको जनाएको छ ।
यसैबीच, नेपाली लेखक संघले आफ्ना निवर्तमान अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठ, सल्लाहकार प्रा. डा.लक्ष्मण प्रसाद गौतमसहित महाकवि देवकोटा पुरस्कारबाट पुरस्कृत घोषित सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com