Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us
संसद दिवस

आज ६७औं संसद दिवस मनाइँदै

आज ६७औं संसद दिवस मनाइँदै

काठमाडौँ । आज ६७ औँ संसद् दिवस मनाइँदै छ। मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।

नेपालको पहिलो संसद्को पहिलो बैठक सिंहदरबारस्थित ग्यालरी बैठकमा राति ११ बजेर ४५ मिनेट बोलाइएकोमा सभा मध्यरात १२ बजे आरम्भ भएको इतिहास छ। मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ ।

पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उहााँ २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील हुनुहुन्थ्यो । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जन निर्वाचित संसद् भंग भएको थियो । पहिलो संसद्को निर्वाचन भएको छ दशकभन्दा बढी भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार