काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले वर्तमान गठबन्धन परिवर्तनको योजना नरहेको स्पष्ट पार्नुभएको छ । रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उहाँले सरकारलाई प्रभावकारी बनाउने विषयमा पार्टी बैठकमा छलफल भएको जानकारी गराउँदै गठबन्धन परिवर्तनको योजना भने नरहेको स्पष्ट पार्नुभयो ।
सरकारको कार्यशैली प्रति कटाक्ष गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले दुईवटै काँध थापिदिँदा पनि गति पक्रिन नसकेको बताउनुभयो ।
गत शुक्रबार शीलत निवासमा पार्टी सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटलाई सरकार बदल्ने भेटको रुपमा चित्रण गर्न नहुने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता दिनानाथ शर्माले वर्तमान सरकार असफल भएको दाबी गर्नुभयो । सामाजिक न्याय र समृद्धि, राष्ट्रिय हितको पक्षमा यो सरकारले काम गर्न नसकेको उहाँको भनाइ थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com