काठमाडौं । अमेरिकी सरकारले नेपाली सेनालाई दुई वटा एम २८ स्काइ ट्रक प्रदान गरेको छ । काठमाडौँमा बिहीबारआयोजित एक समारोहमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले प्रधानसेनापति अशोकराज सिग्देललाई उक्त विमान हस्तान्तरण गर्नुभएको हो ।
छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको उक्त विमान नेपालको भूगोलका लागि उपयुुक्त रहने भन्दै अमेरिकाले सहयोगस्वरुप उपलब्ध गराएको हो। पोल्यान्डमा बनेको उक्त जहाजले नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य सञ्चालनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास छ। अमेरिकी सरकारबाट प्रदान गरिएको ठूलो सुरक्षा अनुदानमध्येको एक हो। योसँगै अब नेपाली सेनासँग साना र मध्यमखाले गरी ९ वटा विमान र १५ हेलिकप्टर भएका छन् ।
दुुर्गम क्षेत्रमा अत्यावश्यक सामान ढुवानीका लागि पनि विमान प्रयोग गरिने बताइएको छ। यी दुई विमानको मूल्य एक करोड ५० लाख अमेरिकी डलर अर्थात् दुई अर्ब रुपैयाँभन्दा माथि रहेको जानकारी दिइएको छ।
दुईमध्ये एकलाई एयर एम्बुलेन्सका रूपमा उपयोग गर्ने गरी तयार गरिएको छ। नेपाली सेनाले अमेरिकी सहयोगको यी स्काई ट्रक आफ्नो क्षमता वृद्धिका लागि निकै उपयोगी हुने पनि बताएको छ। दुई हजार ३ सय केजी भारवहन क्षमताका यी विमानले २५ हजार फिटसम्मको उचाइमा उडान भर्नेछ।
विमानमा हनिवेल एभियोनिक्स सुट जडान गरिएको छ, जसले दिनरात र सबै मौसममा भिएफआररआईएफआर उडान सम्भव बनाउँछ। एम(२८ लाई प्राट एन्ड ह्विट्नी क्यानाडा पीटी(६ए(६५बी टर्बोप्रप इन्जिन ९२ वटा० ले चलाउँछ, जसले ८२० केडब्लु शक्ति उत्पादन गर्छ।
पाँच पांग्रे ९फाइभ(ब्लेडेड० प्रोपेलरद्वारा चलाइने इन्जिनले विमानलाई अधिकतम ३५० किमि प्रतिघण्टा गति दिन्छन्। निकै शक्तिशाली इन्ज जडान भएका यी विमानले नेपालको हिमाली क्षेत्रमा पनि सहजै उडान भर्न सक्नेछन्।
तीन चालक दलसहित १८ जना यात्रु क्षमताका यी विमान विपद्मा चिकित्सक टोली र राहत सामग्री ओसारपसार, प्याराजम्प, ठूला खाले दुर्घटनामा घाइते उद्धार र कहिलेकाहीँ विशिष्ट व्यक्तिको सवारीका लागि प्रयोग गरिने नेपाली सेनाले जानकारी दिएको छ।
विमानहरू आदेशअनुसार फरकफरक स्वरूपमा रहेको छ—एक मालवाहक ९कार्गो० स्वरूपमा र अर्को घाइतेको उद्धार ९क्याजुअल्टी इभ्याकुएसन० स्वरूपमा रहेको छ। अर्थात एकलाई एअर एम्बुलेन्सको रुपमा नै उपयोग गरिने भनिएको छ।
दुवै विमानसँगै सम्झौतामा उडान तालिम प्याकेज, स्पेयर पार्ट्स प्याकेज, स्वास्थ्य सामग्री, प्राविधिक सहयोग सेवा, र पोल्याण्डको मिलेच कारखानाबाट काठमाडौंसम्म विमान ल्याउने व्यवस्था समेतको जिम्मा अमेरिकाकै थियो। अमेरिकी आदेशमा कम्पनीले यहाँ सम्म ल्याएको हो।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com